रुकुम,१० मङसिर । सानीभेरी गाउँपालिका रुकुम पश्चिममा पहिलो पटक संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय २ जना विरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका छन ।
सानीभेरी गाउँपालिकाको आयोजनामा वडा नं ११ को अर्मा स्वास्थ्य चौकीमा मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको १ दिने स्वास्थ्य शिविरमा विभिन्न प्रकृतिको समस्या भएका विरामीहरुले स्वास्थ्य उपचार सेवा पाएका हुन ।
शिविरमा १८ जना महिलारुको गर्भपरिक्षण ,४५ जना २ वर्ष मुनिका बालबच्चाहरुको पोषण अवस्थाको पहिचान गरी आवश्यक परामर्श प्रदान गरीएको थियो । त्यसैगरी शिविरमा महिलाहरुको पाठेघर खस्ने,तल्लोपेट दुख्ने ग्यास्टिक तथा जोर्निको दुखाई सम्वन्धि समस्या भएका विरामीहरुले उपचार तथा परामर्श सेवा लिएका छन ।
शिविरमा अपांगता भएका व्यक्तिहरुको समस्या र रोकथामका बारेमा समेत जानकारी गराईएको थियो । निशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर योसि डा.आसिस लगाएत १९ जना स्वास्थ्यकर्मिको टिम खटेको थियो ।
गाउँमा नै विशेषज्ञ डाक्टरहरुको समुह पुगी निशुल्क रुपमा स्वास्थ्य सेवा संचालन गरेपछि उपचारको लागी वाहिर जान नसक्ने विरामीहरुलाई ठुलो राहात पुगेको स्थानिय शारदा रोकायले बताउनुभयो ।
सोही अवसरमा अस्पतालको तर्फ बाट डाक्टर योसिले महिला तथा नवजात शिशुको लागी आवश्यक स्वास्थ्य सामाग्री समेत स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्