ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आम्दानीको स्रोत तरकारी खेती


admin
१० मंसिर २०७५, सोमबार   ३ : ३७   बजे

गलेश्वर, १० मङ्सिर । पहाडको खेतबारी । फोहोटा र कान्लाकान्ली मात्र धेरै । तिनै फोक्टा र कान्ला कान्लीलाई सम्याएर बनाइएको गरामा दिनरात परिश्रम गरेर उत्पादन गरिएको तरकारी बिक्री गरी मासिक रु ६० हजार आम्दानी गर्नु सामान्य कुरा होइन ।

परिश्रम गर्ने हो र सीप हुने हो भने एउटै गराबाट पनि पर्याप्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने कुराको उदाहरण म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका हरिलाल घिमिरे बन्नुभएको छ ।

पछिल्लो समय ४८ वर्षीय घिमिरेको जीवन तरकारी खेतीका कारण फेरिएको छ । तीस वर्षअघि गरीबीका कारण गाउँमा बस्न सक्ने अवस्था थिएन । विदेश जानका लागि रु ६० हजार ऋण नपाउनुभएका घिमिरेले अहिले तरकारी खेतीबाटै मासिक रु ६० हजारभन्दा बढी आम्दानी गर्दै आउनुभएको छ ।

दश वर्षसम्म साउदी अरबको चर्को गर्मीमा पसिना बगाइ मेहनत गर्दा पनि मासिक रु २० हजार कमाइ गर्न नसकेपछि गाउँ फर्किएका घिमिरेले २०५६ सालदेखि व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले एउटै गरामा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरियाँ, बोडी, बन्दागोभीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आउनुभएको छ ।

“वार्षिक रु ६ लाखभन्दा बढी आम्दानी हुन्छ,” घिमिरेले भन्नुभयो । गत वर्ष आफूले फलाएको १० टन बन्दागोभी सदरमुकाम बेनीमा बिक्री हुन नसकेपछि पोखरा, काठमाडौँ, चितवन र बुटवलसम्म पु¥याएर सस्तोमा बिक्री गर्नुपरेको उहाँले गुनासो गर्नुभयो । “

बिक्री गर्न बजारको समस्या छ,” उहाँले भन्नुभयो । घिमिरेले अहिले विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम सङ्कलन, छोराछोरीको पढाइ र घरघडेरीसमेत जोड्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu