पाल्पा, १० मङ्सिर । तानसेनबाट ‘पाल्पा स्मार्ट’ साप्ताहिक पत्रिका प्रकाशन शुरु भएको छ । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती र नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका अध्यक्ष राजेशकुमार अर्यालले संयुक्तरुपमा सो पत्रिका लोकार्पण गर्नुभएको हो ।
उक्त पत्रिकाका प्रधानसम्पादक जीवलाल सुवेदीले विकास र समृद्धिका क्षेत्रमा केन्द्रित भई पत्रकारिकता गरिने बताउनुभयो । जिल्लामा ‘नवजनचेता’ दैनिकका साथै ‘नवसंवाद’, ‘पाल्पा टाइस’, गाउँले देउराली, ‘पाल्पा समाचारपत्र’ जस्ता साप्ताहिक पत्रिका छन् ।
पाल्पाको तानसेनबाट मात्र ती पत्रिका प्रकाशन हँुदै आएका छन् । सैगरी करुवा अर्धसाप्ताहिक, परेवा पाक्षिक पत्रिकाका नियमितरुपमा प्रकाशन हुँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्