ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरासँग अमेरिकी राजदूत बेरीको शिष्टाचार भेट


admin
१० मंसिर २०७५, सोमबार   ५ : ३३   बजे


काठमाडौं,१० मङसिर । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित अमेरिकी राजदूत रेण्डी डब्लू बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राजदूत भएर नेपाल आइसकेपछि पहिलोपटक आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । भेटमा दुई देशबीचको सम्बन्ध, आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो ।

भेटमा सभामुख महराले नेपालको बसाइँ सुखद र कूटनीतिक हिसाबले सफल रहने विश्वास व्यक्त गर्नुभयो । सो क्रममा राजदूत बेरीले आफू नेपालमा पहिले पनि केही वर्ष बस्ने मौका पाएको र अहिले राजदूतकै रुपमा आउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।

‘मैले केही वर्ष पहिले नेपालमा बस्ने मौका पाएको थिएँ । अहिले फेरि राजदूतकै जिम्मेवारीमा यहाँ आउने मौका पाएँ’ राजदूत बेरीले भन्नुभयो, ‘यहाँ आइसकेपछि नेपालको संस्कृति, परम्परा, इतिहास अध्ययन गरिरहेको छु ।’सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

संसदीय सम्बन्धलाई प्रगाढ बनाउन संसदीय मैत्री समूह गठनका लागि तयारी गरिरहेको भन्दै सभामुख महराले यस्ता समूहले एक अर्काको संसदीय अभ्यास, अनुभव र प्रचलन सिक्ने मात्रै नभई राजनीतिक सम्बन्ध पनि प्रगाढ बनाउने बताउनुभयो ।

सभामुखसँगको भेटमा नेपालस्थित अमेरिकी राजदूत बेरीले नेपालमा राजनीतिक स्थिरता कायम भएसँगै लगानीको वातावरण बन्दै गएकोमा अमेरिकी सरकार खुशी भएको बताउनुभयो ।

नेपालको समग्र विकासका पूर्वाधारहरुका लागि मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मार्फत् लगानी गर्न लागिरहेको भन्दै राजदूत बेरीले सरकारसँग सम्झौता भइसकेको र संसदमा आउने प्रस्तावलाई अघि बढाउन सभामुखको सकारात्मक भूमिकाको अपेक्षा गरेको बताउनुभयो ।

नेपालमा मिलिनियम च्यालेन्ज कर्पोरेसनको सफलता वैदेशिक लगानीका लागि नेपालको सफलताको सूचकको रुपमा रहने भन्दै राजदूत बेरीले यसका लागि सबै पक्षको सकारात्मक पहलकदमीको अपेक्षा गरेकोमा जोड दिनुभयो ।

जवाफमा सभामुख महराले अमेरिकाले एमसीसीमार्फत् गरिरहेको लगानी सफल बनाउन सबैले सकारात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो । अहिले राजनीतिक स्थायित्व भएको अवस्थामा जतिसक्यो धेरै वैदेशिक लगानी भित्र्याएर देशको समग्र विकासमा धेरै लाभ लिन सकिने सभामुख महराले बताउनुभयो ।

भेटवार्तामा संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group