सप्तरी, १० मङसिर । सप्तरी प्रहरीले पूर्वसभासद्सहित तीन जना मधेश गठबन्धनका नेता कार्यकर्ताहरुलाई सोमबार राजविराजबाट पक्राउ गरेको छ ।
रंगभेद दिवस मनाउँदै गर्दा प्रहरीले राजविराजस्थित शिवमन्दिरको प्राङ्गणबाट राजविराज ५ निवासी एवं पूर्वसांसद महेश यादव,७ निवासी नारायण यादव र जिल्लाको विष्णुपुर गाउँपालिका निवासी महेश यादवलाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखि थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीका प्रवक्ता डिएसपी भावेश रिमालले जानकारी दिएका छन् ।
यसअघि देश विखण्डन बारे अभिव्यक्ति दिएको आरोपमा सरकारले गठबन्धनका संयोजक डा. सिके राउतलाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्