झापा,१० मङसिर । मोटरसाइकल दुर्घटनामा परी झापामा एक जनाको मृत्यु भएको छ, भने एक जना गम्भिर घाइते भएका छन् ।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका १ बस्ने ६५ वर्षीय आइन्द्र लिम्बु प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
प्रहरीका अनुसार झापाको बुद्धशान्ति गाउँपालिका ४ स्थित हात्तीसुढे भन्ने भित्री सडक खण्डमा पूर्वबाट दक्षिणतर्फ जाँदै गरेको मे ५ प ८९८४ नम्बरको मोटरसाइकल सोमबार दिउँसो आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक कचनकबल गाउँपालिका ७ निवासी ६५ बर्षीय देवी लिम्बु र पछाडि सवार आइन्द्र घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल पठाएकोमा आइन्द्रको उपचारको क्रम मृत्यु भएको र चालक देवीको उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्