बैतडी, १० मङ्सिर । नेपाली काङ्ग्रेसका पूर्वप्रमुख सचेतक एवं बिपी विचार राष्ट्रिय समाजका महासचिव विनयध्वज चन्दले काङ्ग्रेसमा वैचारिक विचलन आएको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन बैतडीले सोमबार गरेको पत्रकार सम्मेलनमा उहाँले बिपीको सिद्धान्तलाई भुलेर काङ्ग्रेस अगाडि बढ्न नसक्ने ठोकुवा गर्दैे समाजमार्फत बिपीको विचारलाई जनजनमा पु¥याउने काम गरिरहेको जिकिर गर्नुभयो ।
नेता चन्दले भन्नुभयो, “मुद्दाका आधारमा राजनीतिक दलमा गुट हुनुपर्नेमा व्यक्तिपिच्छेका गुटले काङ्ग्रेसलाई कमजोर बनाएको छ, व्यक्तिगत गुटमा लाग्ने व्यक्ति काङ्ग्रेस हुनै सक्दैन ।
प्रतिक्रिया दिनुहोस्