काठमाडौं, ११ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि ‘खुकुरी आक्रमणको प्रयास’ भएको भन्दै भ्रमपूर्ण समाचार प्रकाशित गर्ने ‘सम्पादक’ पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोष्टपाटी डटकम नामक अनलाइनका गोपाल चन्द रहेका छन् ।
चन्दलाई मंगलबार काठमाडौंबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) धीरज प्रताप सिंहले जानकारी दिए ।
मंसिर ६ गते प्रचण्ड चितवन गएको बेला कृष्णचोकमा स्थानीयले खुकुरी प्रहारको प्रयास गरेको भन्दै पोष्टपाटी डटकमले भ्रमपूर्ण समाचार प्रकाशन गरेको थियो ।
पूर्व प्रधानमन्त्रीको मर्यादामा आँच आउने गरी भ्रमपूर्ण समाचार प्रकाशन गर्ने चन्दलाई विद्युतिय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिने एसएसपी सिंहले बताएका छन् । रोल्पाको गंगादेवी गाउँपालिका स्थायी भर भएका चन्द भक्तपुरको ठिमी बस्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्