ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरता जेसीज र बीईएफद्धारा विपन्न २० जनालाई निःशुल्क कम्प्युटर शिक्षा


admin
१२ मंसिर २०७५, बुधबार   १ : ५८   बजे


बिर्तामोड,१२ मङसिर । वीरता जेसीज र बिर्तामोड एजुकशेन फाउण्डेशन ९बीईएफ०को सहकार्यमा सञ्चालित विपन्न परिवारका २० जना विद्यार्थीलाई ६ महिने निःशुल्क कम्प्युटर कक्षाको बुधबार समापन भएको छ ।

वीरता जेसीजको सचिवालयमा आयोजित समारोहमा कम्प्युटर शिक्षा कक्षामा सहभागी विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड एजुकेशन फाउण्डेशनका सञ्चालक तथा निर्देशक राज कार्कीले जेसीजसँग सहकार्य गरी विपन्न विद्यार्थीलाई गुणस्तरीय शिक्षाका लागि कम्प्युटर शिक्षा प्रदान गर्न पाएकोमा खुशी व्यक्त गरे । उनले आगामी दिनमा पनि सहकार्य र सहयोगका साथ अघि बढ्ने बताए ।

वीरता जेसीजका अध्यक्ष गिरीले दिगो विकासको लक्ष्य प्राप्तिमा टेवा पुर्याउन गुणस्तरीय शिक्षाका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको बताए । प्रशिक्षार्थी मध्येबाट विवेक भण्डारीले कम्प्युटर शिक्षा प्रभावकारी भएको र आफ्नो जीवनका लागि उपयोगी हुने बताए ।

पत्रकार महासंघ झापा शाखाका सहसचिव केशव भट्टराईले वीरता जेसीजको रचनात्मक गतिविधिको प्रशंसा गर्दै कम्प्युटर शिक्षा लिएका विद्यार्थीलाई उक्त सिप आफ्नो जीवनमा उपयोग गर्न सुझाव दिएका छन ।

कार्यक्रम संयोजक जेसीजका प्रकरण निर्देशक विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विनोद पाण्डेले गरेका थिए । कार्यक्रममा आस्था वाचन जनसम्पर्क अधिकारी कुशल खतिवडा, जेसीआई मिसन, भिजन वाचन तथा नेपाल जेसीज र वीरता जेसीजको प्रकरण वाचन कोषाध्यक्ष जीवन खड्काले गरेका थिए ।

गत जेठ ३० गते झापा, इलाम र पाँचथरका २० जना विपन्न परिवारका विद्यार्थीका लागि निःशुल्क कम्प्युटर शिक्षा कक्षाको शुरुवात भएको थियो । विद्यार्थीले रोजेकै कोर्षहरुमा शिक्षा प्रदान गरिएको थियो ।

कम्प्युटरको आधारभूत कोर्ष, ग्राफिक्स डिजाइनिङ, एकाउन्टिङ प्याकेज, कप्म्युटर अपरेटर, हार्डवेयर एण्ड नेटवर्किङ सम्बन्धी कोर्षमा विद्यार्थीले शिक्षा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group