ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला हिंसाका घटना बढदै


admin
१२ मंसिर २०७५, बुधबार   ३ : ५०   बजे

घोराही, १२ मङ्सिर । आर्थिक वर्ष २०७१-७२ देखि २०७४-७५ को मङ्सिर पहिलो सातासम्म एक हजार १०७ वटा महिला हिंसाका घटना जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका छन् ।

बलात्कार, बलात्कारका प्रयास, बहुविवाह, मानव बेचबिखन, घरेलु हिंसा, आत्महत्या, सामाजिक हिंसा, बोक्सीको आरोपलगायतका घटना रहेका छन् । तथ्याङ्कमा उल्लेख भएअनुसार २०७१-७२ मा २५१ वटा, २०७२-७३ मा २५१ वटा, २०७३-७४ मा २७२ वटा, २०७४-७५ मा ३२५ वटा महिला हिंसाका घटना भएका छन् ।

त्यसैगरी चालु आर्थिक वर्षको मङ्सिर पहिलो सातासम्म ६२ वटा महिला हिंसाका घटना प्रहरीसम्म आइपुगेको जिल्ला प्रहरी कार्यालयका मुद्धा फाँटका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभयो । तथ्याङ्कमा उल्लेख गरेअनुसार बलात्कारका १२९ वटा, बलात्कार प्रयासका ५३, बहुविवाहका १२, मानव बेचविखनका पाँच, घरेलु हिंसाका ५१९, आत्महत्याका ३३१, सामाजिक हिंसाका ६४, बोक्सी आरोपका आठ जना पीडित रहेका छन् ।

प्रहरी निरीक्षक गौतमका अनुसार महिला विशेष गरी घरभित्रै कुटपिट गर्ने, अपमान गर्ने, घर निकाला गर्ने, घरपरिवारका कुनै पनि व्यक्ति नबोलेर वा गालीगलौज गरेर मानसिक यातना दिने जस्ता घटना बढी आउने गरेको बताउनुहुन्छ ।

महिला पुनःस्थापना केन्द्र ओरेकले दाङमा बितेको १० महीनामा १३५ महिला हिंसाका निवेदन परेकोमा सबैभन्दा बढी घरेलु हिंसा, बलात्कार र बहुविवाहका घटना थिए । यसैगरी औपचारिक सेवा केन्द्र इन्सेकले दाङमा बितेको साढे १० महीनामा अभिलेख गरेको तथ्याङ्कमा १५१ वटा मानवअधिकार हननका घटना भएका थिए ।

त्यसमा पनि सबैभन्दा बढी बलात्कारका ५१ घटना भएका थिए । इन्सेकको तथ्याङ्कमा पनि बालिका बलात्कारको घटना ह्वात्तै बढेको पाइयो । महिला मानवअधिकार रक्षकको सञ्जालकी केन्द्रीय सचिव आचार्य फैसला कार्यान्वय गर्ने निकायको सक्रियता नहुनु, मुद्दामा लाग्ने खर्च गर्नसक्ने क्षमता नहुनु, सामाजिक लाञ्छनाका कारण अन्याय विरुद्ध सङ्र्घष गर्ने साहस नहुनु जस्ता कारणले न्यायमा महिलाले पहुँच पु¥याउन नसकेको उहाँ बताउनुहुन्छ ।

उहाँले महिलाको न्यायमा पहँुच नहुँदा नै महिलामाथिको हिंसा झनझन बढी रहेको जिकिर गर्नुहुन्छ । अब महिलामाथि हुने विभिन्न प्रकारका हिंसा रोक्नको लागि पुरुषलाई पनि बढीभन्दा बढी सचेतनाको कार्यक्रम आवश्यकता रहेको उहाँको भनाइ छ ।

मानव अधिकार सञ्जालका जिल्ला संयोजक केशव आचार्यले पीडित झन पीडित हुने र पीडक खुलेआम हिँड्ने अवस्था रहँदासम्म महिला हिंसाका घटनामा कमी आउन नसक्ने दाबी गर्नुहुन्छ । केही समयअघि महिला मानवअधिकार रक्षकहरुले गरेको एउटा अध्ययनमा समाजमा अन्याय भोगिरेहका महिलामध्ये १३ प्रतिशतले मात्र न्यायालयमा न्याय खोज्न जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group