ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनी नागरिकद्वय डा. मेथियस वाउमन र फ्रेक स्टेवलर सम्मानित


admin
१२ मंसिर २०७५, बुधबार   ४ : १८   बजे

काठमाडौं,१२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको सम्रग विकास पर्यटनबाट मात्रै सम्भव हुने बताएका छन् । उनले हिमालयन शेर्पा फाउन्डेशनले जस्तै अरु निजी क्षेत्रले काम गरे नेपालको विकास खोज्न धेरै समय नलाग्ने बताएका छन् ।

हिमालयन शेर्पा फाउन्डेसनद्वारा आयोजित समाजसेवी सम्मान कार्यक्रममा सचिव देवकोटाले नेपालको विकासको लागि अहोरात्र लागि परिरहने जर्मनी नागरिक द्वय डा.मेथियस वाउमन र फ्रेक स्टेवलरलाई अभिनन्दन गरेका थिए ।
अभिन्नदित वाउमन जर्मनको (Tubingen Medical University )का वरिष्ठ सर्जरी डाक्टर समेत हुन् ।

साथै उनले सगरमाथा आरोहण गरिसकेका छन् । यति मात्र नभई नेपालमा परेका विभिन्न विपद्मा पनि सधै सहयोग गर्ने एक जुझारु नागरिक हुन् ।
सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिम पहिरो आउँदो १६ जना भन्दा बढी आरोहीहरुको निदान हुँदा उनले त्यहाँ पुगी दुर्घटनामा परेका आरोहीहरुलाई बचाउने कार्य र मृतक आरोहीहरुको खोजी कार्यमा व्यापक लाग्नु भएका थिए ।

त्यसैगरी नेपालमा भूकम्प गएको खबर पाएपछि पुनः नेपालमा आइ भूकम्पपिडित, बिरामीहरुको सेवा गरेका थिए भने धेरै भत्केका भौतिक संरचनाहरुको तयारी कार्यमा पनि संलग्न भएका थिए ।

अर्का अभिन्नदित व्यक्ति फ्रेक स्टेवलर भने रेस्लिङ विजेता हुन् । उनले सन् २०१५, २०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ जितिसकेका छन् । साथै उनले हिमालयन शेर्पा अस्पताल निर्माण कार्यमा आर्थिक संकलन गर्नका लागि नेपाल आएका थिए । विश्व विजेता हुने बेलामा समेत उनले नेपाल र हिमालयन शेर्पा अस्पताल निर्माणको कुरा राख्दै आर्थिक संकलन कार्यमा विशेष भूमिका निर्वाह गरेका छन् ।

हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको सो हिमालयन शेर्पा हस्पिटल खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं ३ फाक्दिङ क्षेत्रमा पर्दछ ।

फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पालले सो अस्पताल निशुल्क सेवा दिने उद्देश्यले खोलिएको जानकारी दिए । कार्यक्रममा देशका ख्यातिप्राप्त वरिष्ठ पर्यटन व्यवसायीहरु, टान,NMA, NTB तथा इन्रट्रक्टर एसोसियसनका पदाधिकारीहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group