काठमाडौं,१२ मङसिर । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको सम्रग विकास पर्यटनबाट मात्रै सम्भव हुने बताएका छन् । उनले हिमालयन शेर्पा फाउन्डेशनले जस्तै अरु निजी क्षेत्रले काम गरे नेपालको विकास खोज्न धेरै समय नलाग्ने बताएका छन् ।
हिमालयन शेर्पा फाउन्डेसनद्वारा आयोजित समाजसेवी सम्मान कार्यक्रममा सचिव देवकोटाले नेपालको विकासको लागि अहोरात्र लागि परिरहने जर्मनी नागरिक द्वय डा.मेथियस वाउमन र फ्रेक स्टेवलरलाई अभिनन्दन गरेका थिए ।
अभिन्नदित वाउमन जर्मनको (Tubingen Medical University )का वरिष्ठ सर्जरी डाक्टर समेत हुन् ।
साथै उनले सगरमाथा आरोहण गरिसकेका छन् । यति मात्र नभई नेपालमा परेका विभिन्न विपद्मा पनि सधै सहयोग गर्ने एक जुझारु नागरिक हुन् ।
सन् २०१४ मा सगरमाथाको आधार शिविरमा हिम पहिरो आउँदो १६ जना भन्दा बढी आरोहीहरुको निदान हुँदा उनले त्यहाँ पुगी दुर्घटनामा परेका आरोहीहरुलाई बचाउने कार्य र मृतक आरोहीहरुको खोजी कार्यमा व्यापक लाग्नु भएका थिए ।
त्यसैगरी नेपालमा भूकम्प गएको खबर पाएपछि पुनः नेपालमा आइ भूकम्पपिडित, बिरामीहरुको सेवा गरेका थिए भने धेरै भत्केका भौतिक संरचनाहरुको तयारी कार्यमा पनि संलग्न भएका थिए ।
अर्का अभिन्नदित व्यक्ति फ्रेक स्टेवलर भने रेस्लिङ विजेता हुन् । उनले सन् २०१५, २०१६ तथा २०१८ गरी ३ पटक विश्व रेस्लिङ जितिसकेका छन् । साथै उनले हिमालयन शेर्पा अस्पताल निर्माण कार्यमा आर्थिक संकलन गर्नका लागि नेपाल आएका थिए । विश्व विजेता हुने बेलामा समेत उनले नेपाल र हिमालयन शेर्पा अस्पताल निर्माणको कुरा राख्दै आर्थिक संकलन कार्यमा विशेष भूमिका निर्वाह गरेका छन् ।
हिमालयन शेर्पा फाउन्डेसनले निर्माण गरेको सो हिमालयन शेर्पा हस्पिटल खुम्बु पासाङ ल्हामू गाउँपालिका वडा नं ३ फाक्दिङ क्षेत्रमा पर्दछ ।
फाउन्डेसनका अध्यक्ष फुर्वा ग्याल्जेन शेर्पालले सो अस्पताल निशुल्क सेवा दिने उद्देश्यले खोलिएको जानकारी दिए । कार्यक्रममा देशका ख्यातिप्राप्त वरिष्ठ पर्यटन व्यवसायीहरु, टान,NMA, NTB तथा इन्रट्रक्टर एसोसियसनका पदाधिकारीहरुको बाक्लो उपस्थितिमा रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्