दाङ,१४ मङसिर । दाङको घोराहीमा विहिबार बेलुका एक जना हार्डवेयर व्यवसायीको हत्या भएको छ । घोराही उपमहानगरपालिका १३ लामीडाँडाको दुधेसोतामा रोल्पा माडि गाउँपालिका ६ कोर्चाबाङ स्थायी घर भएका ४६ वर्षिय नन्दबहादुर घर्तीमगरको छुरा प्रहार गरी हत्या भएको हो ।
त्यहाँ घर्तीलाई गम्भिर घाईते अवस्थामा स्थानियले फेला पारेपछि अस्पताल पु¥याईएको प्रहरीले जनाएको छ । घटना स्थलमा घर्तीको शरिरमा प्रहार भएको चक्कु समेत प्रहरी फेला पारेको छ ।
घर्तीमगरले घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आएका थिए । दाङका प्रहरी प्रमुख एसपी वेलबहादुर पाण्डेका अनुसार छुरा प्रहारबाट गम्भिर घाईते भएका घर्तीमगरलाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा पु¥याइएको र त्यहाँ चिकित्सकले मृत घोषित गरेका थिए ।
विहिबार बेलुका रात पर्नेबेला एक जनाले ५ लाख रुपैयाँको हार्डवेयरको सामान खरिद गरेको र २ लाख ५४ हजार रुपैयाँ अपुगभएपछि पसल धनी घर्तीलाई तपाई जमानी बसेपछि पैसा दिन्छ जाउ लिन भनेर लगेर गएको र आधा घण्टामा घटनाका बारेमा स्थानियले खबर गरेको पारिवारीक स्रोतले जनाएको छ ।
सामान खरिद गर्न आएका रोल्पा तालाबाङका अमर खत्री भएको र उनलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ पक्राउ परेका व्यक्ति पनि घाईते भएको र घरमा पुगेर रगत लागेको कपडा फेरी सकेको अवस्थमा प्रहरीले पक्राउ गर्न सफल भएको प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले बताउनुभयो ।
घटनालाई गम्भिररुपमा लिदै एसपीकै कमाण्डमा प्रहरी परिचालन गरेर थप अपराधीको खोजी र थप अनुसन्धान भैरहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्