ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी सहयोग एनजीओबाट मात्रै हैन बैंकमार्फत पनि भित्र्याउनुपर्छ : निर्देशक थापा


admin
१४ मंसिर २०७५, शुक्रबार   १२ : ३९   बजे

काठमाडौं १४ मङसिर । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापाले विदेशी सहयोग बैंक तथा वित्तीय संस्थामार्फत आउने व्यवस्था गरिनुपर्ने बताएका छन् ।

मिडिया इन्टरनेशनलद्धारा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले अहिले विदेशी दातृ मुलुकहरुले सरकार वा एनजीओ-आईएनजीओमार्फत ऋण तथा अनुदान परिचालन गर्ने गरेकोमा अब बैंकिङ क्षेत्रसँग सहकार्य गरिनुपर्ने धारणा राखे ।

दातृ निकायहरुले पनि यो प्रस्ताव राखेको तर नेपालकै तर्फबाट अलमल भएको थापाले जानकारी दिए । नेपालको वित्तीय क्षेत्र एउटा उचाईमा पुगेर गतिहीन भएको उल्लेख गर्दै थापाले विदेशी पुँजी भित्र्याउने बाटो खोल्न सके वित्तीय क्षेत्रमा गतिशीलता फर्किने बताए ।

यसका अलावा वित्तीय क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नुपर्ने, पुँजी बजारसम्बन्धी संस्थाहरु स्थापना गर्नुपर्ने लगायतका आवश्यकता उनले औँल्याए ।

कार्यक्रममा बोल्दै बैंकिङ विज्ञ कृष्णबहादुर कुँवरले बैंकिङ क्षेत्रको सुरुवातदेखि अहिलेको समयसम्म निकै विकास भइसकेको उल्लेख गरे ।

मुलुकका धेरै स्थानमा र धेरै व्यक्तिको पहुँचमा बैंक पुृग्न बाँकी रहेको उल्लेख गर्दै उनले अझै पनि वित्तीय क्षेत्रमा विकासको ठूलो सम्भावना रहेको बताए ।

त्यस्तै, माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष रामचन्द्र जोशीले नेपालको ग्रामीण भेगमा वित्तीय पहुँच विस्तार गरी उद्यमशीलता विकासमा ठूलो योगदान पुर्याएको उल्लेख गरे ।

सरकारले र अन्य ठूला बैंकहरुले समेत गर्न नसकेको काम लघुवित्तहरुले गरिरहेको उनले बताए । यसरी विकटमा पुगेर सर्वसाधारणलाई सेवा पुर्याइरहेको लघुवित्तहरुलाई प्रोत्साहनका लागि राष्ट्र बैंक र सरकारले पनि केही व्यवस्थाहरु गर्नुपर्ने उनको भनाई छ ।

ग्रामीण क्षेत्रमा गएर काम गर्न अप्ठेरो हुनुका साथै लागत पनि बढि लाग्ने भएकाले कर छुट कर निश्चित विकट क्षेत्र छुटाएर ती स्थानमा जाँदा कर छुट हुने लगायतका व्यवस्था गरिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group