काठमाडौं,१४ मङसिर । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले केपी ओली नेतृत्वको वर्तमान सरकारले जनताको पक्षमा कामै गर्न नसकेको दावी गरेको छ ।
नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकार संघीयताको विपक्षमा उभिएको आरोप समेत लगाउनु भयो ।
शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले सरकार संघीयता विरुद्ध उभिएकाले त्यसको सशक्त विरोध गर्नु परेको पनि स्पष्ट पार्नु भयो ।
उपसभापति निधिले आफ्नो पार्टीले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको दावी पनि गर्नु भयो । उहाँले संघीयता, गणतन्त्र, समावेशिता र संविधान कार्यान्वयनको पक्षमा आफ्नो पार्टी अझै सशक्त ढंगले अघि बढने तयारीमा रहेको पनि बताउनु भयो ।
उपसभापति निधिले पार्टी भित्र गुट-उपगुट नरहेकोे दावी समेत गर्नु भयो । उहाँले पार्टीको विधान मस्यौदामाथि फरक मत रहेपनि त्यसलाई गुट-उपगुटको रुपमा बुझ्न नहुने पनि स्पष्ट पार्नु भयो ।
प्रतिक्रिया दिनुहोस्