दाङ,१४ मङसिर । घोराहीका हार्डवेयर व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको चौतर्फी निन्दा र बिरोध भएको छ ।
घोराही उपमहानगरपालिका १४ नयाँबसपार्कको माथिल्लो सेवार पुल नजिकै माडि हार्डवेयर पसल सञ्चालन गर्दै आउनुभएका मगरको विहिबार बेलुका छुरा प्रहार गरी घोराही १३ लामीडाँडा स्थित दुधेसोतामा हत्या भएको थियो ।
व्यवसायीको हत्याको बिरोधमा दाङ जिल्ला उद्योग बाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघ, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराही, तुलसीपुर र नेपाल मगर संघ दाङले शोक बिज्ञप्ती जारी गरी हत्यारालाई कडा कार्वाहीको माग गरेका छन ।
दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसालले हत्याको बिरोध गर्दै शोकमा व्यवसायीहरुलाई पसल बन्द गर्न आह्वान गरेका छन ।
साथै उनले शान्ति सुरक्षालाई मजबुद बनाउन स्थानिय प्रहरी प्रशासनलाई आग्रह समेत गरेका छन । व्यवसाय सञ्चालनमा असुरक्षा देखिएको भन्दै उनले प्रत्याभुत हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आग्रह गरेका छन ।
त्यसैगरी, हार्डवेयर तथा पेन्ट व्यवसायी समिति घोराहीले पनि शोक बिज्ञप्ती जारी गर्दै हत्यारालाई कडा कार्वाही गर्न र व्यवसाय सञ्चालनका लागि सुरक्षित बाताबरण बनाउन स्थानिय प्रशासन सँग माग गरेको छ । समितिका अध्यक्ष दामोद केसीले बिज्ञप्ती जारी गर्दै हत्याको घोरभत्र्साना गर्दै हत्याको शोकमा शुक्रबार सबै हार्डवेयर व्यवसाय बन्द गर्न पनि आग्रह गरे ।
त्यस्तै तुलसीपुर उद्योग बाणिज्य संघले शुक्रवार तुलसीपुरका सम्पूर्ण हाडवेयर पसलहरु बन्द गरेको छ । संघका कार्यबाहक अध्यक्ष रामप्रसाद चालिसेको अध्यक्षतामा बसेको हार्डवयर व्यवसायी र संघको संयुक्त बैठकले व्यवसायीको निर्मता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कडा कारबाही गरेर व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न सरकारसंग माग समेत गरेको छ ।
विच नेपाल मगर संघ दाङले पनि आफ्ना संघका केन्द्रिय सदस्य समेत रहेका व्यवसायी नन्दबहादुर घर्तीमगरको हत्याको बिरोध गर्दै दोषिलाई हदै सम्मको कार्वाही गर्न माग गरेको छ ।
संघका अध्यक्ष सितलाल पुनमगरले जारी गरेको बिज्ञप्तीमा हत्याका बिषयमा निष्पक्ष छानविन गरी दोषीलाई कडा कार्वाही गर्न गरिएको छ ।
हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । हार्डवेयर पसलबाट सामान खरिद गर्ने र नन्दबहादुरलाई पैसा लिनका लागि लग्ने रोल्पा तालाबाङका अमर खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्