ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नगर क्षेत्रभित्रका विकास आयोजनाबारे छलफल


admin
१४ मंसिर २०७५, शुक्रबार   ५ : १९   बजे

बुटवल, १४ मङ्सिर । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीसहितको टोलीले आज नगर क्षेत्रभित्र सञ्चालन हुने र भइरहेका विकास आयोजनाबारे छलफल गरेको छ ।

उपमहानगरपालिकाले एक्लै अघि बढाउन लागेका, प्रदेशले अघि बढाउन लागेका र सङ्घ, प्रदेश र उपमहानगरपालिकाको साझेदारीमा अघि बढ्न लागेका आयोजनाबारे छलफल भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनुभयो ।
उपमहानगरपालिकाका तर्फबाट विकास आयोजनाका बारेमा प्रस्तुतिपछि मुख्यमन्त्री पोखरेलले विकास आयोजना अघि बढाउँदा बजेटको व्यवस्थापन एकद्वार प्रणालीबाट गर्नुपर्ने बताउँदै एउटै प्रक्रियाबाट आयोजना अघि बढाउनुपर्ने र स्रोतको झमेला अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

उपमहानगरपालिकाले जग्गा उपलब्ध गराइदिए उजिरसिंह रङ्गशाला प्रदेश सरकारले बनाइदिने बताउँदै उहाँले ऐतिहासिक जीतगढी किल्लालाई आकर्षक पर्यटकीय केन्द्र बनाउनका लागि अतिक्रमण हटाउन निर्देशन पनि दिनुभयो ।

मुख्यमन्त्री पोखरेलले जीतगढीको अतिक्रमण हटाए त्यहाँको भौतिक पूर्वाधारसहितको आकर्षक पर्यटकीय विकास प्रदेश सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छलफलमा आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, प्रमुख सचिव डा तीर्थराज ढकाल, उपमहानगरपालिकाका प्रमुख सुवेदी, उपप्रमुख गोमादेवी आचार्यसहित वडाध्यक्ष र योजना प्रमुखलगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सेनाले पठायो आठ टन राहत सामग्री

भोटेकोसी बाढीपछि सोनु सुदको घोषणा : ‘नेपाल तिमी एक्लो छैनौ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu