रुकुम,१५ मङसिर । रुकुम पश्चिमको चौरजहारी अवस्थित नयाँ शहर कार्यालयमा ईन्जिनियर नहुँदा सडक कालोपत्रेको काम सुरु हुन सकेको छैन । देशका दश नमुना शहर निर्माण गर्ने सरकारी लक्ष्य अनुरुप रुकुम पश्चिमको चौरजहारीमा संचालीत नयाँ शहरमा ईन्जिनियर नहुँदा सडक कालोपत्रे गर्ने काम सुरु हुन नसकेको हो ।
निर्माण व्यावसायी र नयाँ शहरी विकास कार्यालय बीचठेक्का सम्झौता भएको ६ महिना बितिसक्दा पनि हाल सडक निर्माणको काम अलपत्र परेको छ । निर्माण कम्पनिले काम गर्ने भनेर कामदारलाई बोलाइसकेको भएपनि काम गर्न लाइन नदिँदा समस्या बताएको छ ।
नयाँ शहर आयोजनामा कार्यरत प्रमुख रन्जनकुमार दास सरुवा भएर गएको १ महिना विति सक्दा समेत नयाँ ईन्जिनियर नहुदा सडक निर्माणको काम अलपत्र परेको निर्माण व्यावसायी एवम सुपरभाईजर शोमनाथ थकालीले बताउनुभयो ।
गत असार १८ गते नयाँ शहर आयोजना र स्वच्छन्द बानियाँ द क्याराभान जे भि बिच ठेक्का सम्झौता भएपनि साउन महिना बर्षातको समय भएकोले काम सुरु गर्न नसकिएको बताइएको छ ।
निर्माण व्यावसायीले साइटमा आवश्यक जनशक्ति र मेसिन तथा अन्य निर्माण सामाग्री पुर्याइएको भएपनि काम गर्नका लागी नयाँ शहर आयोजनाले लाइन नदिँदा अलपत्र अवस्थामा बस्नु परेको चौरजहारी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष तेज बहादुर विष्ट ले बताउनुभयो ।
स्वच्छन्द बानियाँ द क्याराभान जे भिका उपेन्द्र खड्काले कामको लागी नयाँ शहर आयोजना कार्यालयले साइट नदिँदा समस्या भएको बताउनुभयो । सामान र कामदारका लागि १० करोड खर्च भइसकेको उहाँको भनाई छ । नयाँ शहर आयोजनाकै लापरवाहिले गर्दा निर्माणको काम रोकिनुका साथै मेसिनहरु स्काइभेटर , जेसिभी, टिप्पर, ट्याक्टर, तथा सयौं कामदार त्यतिकै बस्नुपरेको छ ।
३५ करोड ७० लाख बजेटमा साढे ७ किलोमिटर कालोपत्रे गर्ने, १० किलो मिटर नयाँ कटिंग गर्ने, ग्याभिंग , मेसिनरी वाल र साइट नालीहरु निर्माण गर्नका लागी ठेक्का सम्झौता भएको थियो । तर नयाँ शहर आयोजना कार्यालय चौरजहारीमा कार्यालय प्रमुख नभएको १ महिना भइसकेको छ । नयाँ कार्यालय प्रमुख नआएकोले काममा ढिलाई भएको नयाँ शहर आयोजनाले बताएको छ ।
एकातिर निर्माण व्यावसायीले काममा ढिला सुस्ति गरेको गुनासो आईरहदा चौरजहारीमा भने शहरी विकासको ढिला सुस्तिले गर्दा निर्माण व्यावसायीहरुले काम सुरु गर्न सकिरहेका छन । जसको फलस्वरुप नयाँशहर आयोजनाको कामले गतिलिन सकिरहेको छैन ।
यहि कामको ढिला सुस्तिले गर्दा सल्यानको सल्लीवजार देखि चौरजहारी जोडने सडक निर्माण भएको १२ वर्ष वितिसक्दा पनि सडको स्तरोन्नित कार्य हुन सकेको छैन ।
सडक यातायात सेवा लिने यात्रुहरु जोखिममोलेर यात्रा गर्न वाध्य छन । भने वर्षायाममा सडक यातायात सेवा ठप्प हुदा छिमेकि जिल्ला जाजरकोट वाट यात्रा गनु पर्र्ने वाध्यता छ ।
यात्रुहरुले चौरजहारी वजार आसपासमा वर्षायाममा राताम्य हिलो र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्नुपर्ने अवस्था विद्यमान छ ।
प्रतिक्रिया दिनुहोस्