ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन प्रहरीको सक्रियता : नाटकीय शैलीमा चोरी गर्ने मुख्य अभियुक्त सहित चार जना सार्वजनिक


एबीसी न्यूज
१६ मंसिर २०७५, आइतबार   ५ : ४६   बजे

चितवन , १६ मंसिर । सहयोग माग्दै तपाईंको घरघरमा कोही त आएको छैनन् ?  यदी आएको छ भने समयमै चनाखो हुनुहोस् है ,  साँझको बेला पाहुना त्यसैमाथि सुरक्षा माग्दै आएपछि सहजै बास दिँनु हुन्छ भनेपनि होशियार हुनुहोस् ।  चितवनका एक परिवारले पाउनु सम्मको सास्ती पाएका छन् ।

समयमै साबधानी अपनाउन नसक्दा परिवारको २ लाख रुपैयाँ नगदसहित ७ लाख बराबरको धनमाल चोरी भएको छ ।

चितवन प्रहरीले यस्तै नाटकीय शैलीमा चोरी गर्ने ४ अभियुक्तहरुलाई शनिबार सार्वजनिक गरेको छ । गएको मंसिर ७ गते भरतपुर महानगरपालिका–८ गौरीगञ्जस्थित तारानाथ सुवेदीको घरमा डाँका चोरी गरी फरार भएका तीन जना र उनीहरुको सामान खरिद गर्ने एक जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर हेटौंडा उपमहानगरपालिका वर्डा नम्बर २ घर भई हाल चितवनको भरतपुर महानगरपालिका  ९ बस्ने बर्ष ५० को रामचन्द्र थापा, मकवानपुर राक्सिराङ्ग गाउँपलिका ८ बस्ने वर्ष ३२ को रामकुुमार मोक्तान, मकवानपुर थाहा नगरपालिका  ७ आग्रा चौबास बस्ने बर्ष ४८ को सन्तबहादुर थिङ र चितवन रत्ननगर नगरपालिका वर्डा नम्बर १० बस्ने बर्ष ३७ को कृष्ण ढकाललाइ प्रहरीले नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका मध्य घटनाका मूख्य अभियुक्त भनिएका रामचन्द्र थापालाइ असइ सिताराम खतिवडाको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले पोखरा बसपार्क नारायणगढबाट, थिङलाई काठमाडौंको कलंकीबाट , मोक्तानलाई मकवानपुरको मनहरीबाट साथै ढकाल लाई आफ्नै पसलबाट पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए । राठौरका अनुसार घट्नाका मुख्य योजनाकार थापा बिं।सं। ०६६ साल जेठ २७ गते राती चितवनको साविक कविलास गाविसस्थित घुमाउनेमा पेस्तोल देखाई धनमाल लुटिएको आरोपमा डाँका र हातहतियार खरखजाना मुद्धामा साँढे ७ वर्ष कारागार कार्यालय चितवनमा थुनामा बसी कैद भुक्त गरी छुटेका व्यक्ति हुन् ।

यस्तै, अर्का अभियुक्त रामकुमार मोक्तान भने मकवानपुरमा डाँका मुद्धामा २०६७ सालमा पक्राउ परी पाँच वर्ष कैद भुक्तान गरी २०७२ सालमा छुटेका व्यक्ति हुन् । यस्तै, कृष्ण ढकाललाई प्रहरीले चोरीको सुन खरिद गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका ढकालको साथबाट प्रहरीले १९ हजार ५ सय रुपैयाँ र सुनको सिक्री दुई थान, बेरुवा औंठी एक थान, मुन्द्रा २ जोर, लेडिज औंठी एक थान बरामद गरेको छ । घटनामा संलग्न व्यक्तिहरुलाई मुलुकी अपराध ९संहिता० ऐन २०७४ परिच्छेद २० को दफा २४४ को अपदफा २ ९घ० अनुसारको कसुर, दफा २४४ को उपदफा ३ ९ख० बमोजिम ५ वर्षदेखि १० वर्ष सम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक सुशील सिंह राठौरले जानकारी दिए ।

पक्राउ परेका सबैलाई डाँका र चोरीमा मुद्धामा सम्मानित चितवन जिल्ला अदालतबाट म्याद थप गरी कानुनी कारवाही अघि बढाईएको प्रहरीले जनाएको छ । यस अगाडि पनि चितवनमा यस्तै प्रकृतिको चोरी का घट्ना सार्वजनिक भएको थियो । गत असोज १२ गते माडी नगरपालिकामा पाहुना बनेर एक परिवार लुटिएका थिए ।

यस घटनाका आरोपित दुई पुरूष तत्कालै पक्राउ परी मुद्दा चलाइएकोमा हाल उनीहरु पुर्पक्षका लागि थुनामा कारागार चलान भएका छन् । गोपाल भनिने कालु परियार र हरि गोले पुर्पक्षका लागि थुनामा गएका छन् । असोज १२ गते शुक्रबार माडी नपा वडा नं ६, कल्याणपुर वडा कार्यालय नजिक भीमबहादुर सुनारको घरमा पाहुना बनेर करिब १५ तोला सुनका गरगहना, २ थान मोबाइल लुटेर राति नै फरार भएका थिए ।

यसरी लुटिए सुबेदी परिवार ।
गएको मंसिर ७ गते बेलुका अन्दाजी ७ बजे भरतपुर महानगरपालिका ८ गौरीगञ्जस्थित तारानाथ सुवेदी परिवारका साथ घरमा खाना खाइरहेका हुन्छन् । त्यत्तिकैमा नाम, थर वतन खुल्न नसकेको , मुखमा मास्क लगाएको एक जना ब्राह्मण क्षेत्री जस्तो देखिने व्यक्ति, दुई जना मंगोलियन जस्तो देखिने युवाहरू सरासर छिर्छन् ।

त्यहाँ पुगेका उनीहरुले घरमुली तारा नाथलाइ प्रश्न राख्छन् तपाईहरुको घरमा को–को हुनुहुन्छ । सुबेदीले उनीहरुको कुनै प्रतिक्रिया जनाउदैनन् । त्यसपछि उनीहरुले सुबेदी परिवारलाई हामीलाई बचाइदिनुस्, हाम्रो पछाडी प्रहरी लागेको छ । सुरक्षा दिनुहोस् भन्दै हारगुहार गर्छन् । सुबेदी परिवार समेत उनीहरुको कुरालाई नकार्दैनन् । कहीँ कतै झगडा परेर सहयोग मागेका होलान् भनी उनीहरु लाई आश्रय र खाना समेत खुवाउन्छन् । तर, उनीहरु पछि चोर भएर निस्कन्छन् । घरमुली तारानाथ भन्छन्, ‘छोटो दिन हुँदा रात झम्मक भइसकेको थियो । तीन जना केटाहरु हस्याङफस्याङ गर्दै दौडिँदै आए । घरमा बूढीआमा, पाहुना, छोरी ज्वाइँ, भुराभुरी सबै थियौँ । साँझको बेलामा ज्यान जोगाइदिनुपर्‍यो भन्दै आएपछि हामीले पनि नाइँ भनेनौं ।

उनीहरुले दस बजे सम्म बसेर हामी निस्कन्छौँ भने । त्यसपछि हामीले बेलुकी खाना पकाएर दियौँ । एक जनाले खाना खाए । हामी सबै एउटै कोठामा बसेर गफ गर्दै थियौँ । वरपर सबैै चकमन्न भइसकेको थियो । त्यसक्रममा उनीहरुले चक्कु, हथौठा लगायत हतियारहरु देखाए । एकाएक हतियार देखाएपछि हामी अचम्मित भयौँ । हतियार देखाउदै उनीहरुले तिमीहरुसँग नगद ५ लाख रुपैयाँ छ, त्यही लिन आएको हो , ले भने । म सँग जम्मा २ लाख मात्रै थियो । मैले २ लाख छ भनेँ । उनीहरुले जसरी पनि ५ लाख पुर्‍याइ लैजाने हो, के के छ निकाल भने । त्यसपछि घरमा भएको गरगहना, बहिनी ज्वाइँसँग भएको गहना र ना. ४१.प. २०७६ नम्बरको मोटरसाईकल समेत गरी ६ लाख २८ हजार रुपैयाँ बराबरको धनमाल डाँका चोरी गरी फरार भए । प्रहरीले उनीहरुले लगेको मोटरसाईकल भोलिपल्टै भोजाडबाट नियन्त्रणमा लिईसकेको छ । लुटेराले जाने क्रममा रातीको अन्दाजी २ बजे हामीलाई भित्र राखेर चाबी लगाएर निस्के ।’ उनले भने । घटनाको अर्को दिन पीडित परिवारले प्रहरीलाई खबर गरेपछि मात्र घटनाको अनुसन्धान सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group