ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कारपछि फरार रहेका भारतीय नागरिक पक्राउ


admin
१७ मंसिर २०७५, सोमबार   १० : २०   बजे

पर्वत, १७ मङ्सिर । जिल्ला प्रहरी कार्यालय पर्वतले बलात्कारपछि फरार रहेका भारतीय नागरिकलाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको बेतिया जिल्ला पश्चिम चम्पारण भगाहा थाना मैनाटक ब्लक घर भई हाल पर्वतको फलेवास नगरपालिकामा मजदूर काम गर्दै आएका २२ वर्षीय सद्रे आलम रहेका छन् ।
आलमले फलेवास नगरपालिका–५ खानीगाउँकी एक १३ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेको भनी प्रहरीमा उजुरी परेको आधारमा खोजी गर्दा सोही ठाउँमा लुकीछिपी बसेको अवस्थामा आलम पक्राउ गरेको हो ।

फरार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खोजी गर्दा उनलाई फलेवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अभियुक्त आलमले किशोरीलाई गएको साउन १७ गते दिउँसो २ः३० बजे अर्की एक महिलाको कोठामा र अन्य समयमा आफ्नै कोठामा पनि ललाइफकाइ विभिन्न प्रलोभनमा पारेर करणी गरेको खुलेको छ ।

आलमलाई आइतबारै पर्वत जिल्ला अदालतबाट यौनजन्य प्रकृतिका अपराधअन्तर्गत करणीसम्बन्धी कसुर मुद्दामा थप अनुसन्धानको लागि पाँच दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवामा बाढी : जलविद्युत् आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी सम्पर्कविहीन

टिमुरेबाट ११६ जनाको उद्धार, उद्धारका लागि १५ भन्दा बढी उडान

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu