ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाल क्लबको पहलमा रोकियो बाल विवाह


admin
१७ मंसिर २०७५, सोमबार   ४ : ५१   बजे

भद्रपुर, १७ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–१० मा आज हुन लागेको बालविवाह बाल क्लबको पहलमा रोकिएको छ । मेचीनगर–१० खयरडाँगीकी १५ वर्षीया इर्शा खातुनको कञ्चनपुर निवासी २४ वर्षीय इराद अलीसँग हुन लागेको विवाह प्रहरीले रोकेको हो ।

धुलाबारी माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत् छात्रा इर्शा खातुनको विवाह हुँदैछ भन्ने थाहा पाएपछि स्थानीय बाल क्लबले बालविवाह रोक्न प्रहरीलाई आइतबार सूचना गरेको थियो । सोही सूचनाका आधारमा प्रहरीले छात्राको घरमै गएर अभिभावकसँग कुराकानी गरी विवाह रोकेको जनाएको छ ।

सप्तरी जिल्लाको कञ्चनपुरबाट आज बिहान ९ बजे जन्ती लिएर आउने कार्यक्रम रद्द भएको थियो । इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षक टीकाबहादुर कार्कीले विवाह हुने उमेर कानूनमै २० वर्ष पुग्नुपर्ने लेखिएको जनाउँदै बालविवाह गर्न नपाइने बताउनुभयो ।

बिहेका लागि सम्पूर्ण तयारी गरिएको थियो भने निम्तालु घरमा आइसकेका थिए । नेपालको संविधान र कानूनले बालविवाहलाई बालअधिकारको हनन मानेको छ ।

नेपालको संविधानको धारा ३९ को उपधारा ५ मा बालविवाह गर्न नपाइने प्रष्ट उल्लेख छ भने हालै लागू भएको मुलुकी संहिताले २० वर्ष नपुगी महिलाको बिहे गरेमा बालविवाह ठहरिने उल्लेख छ ।

विश्व स्वास्थ्य सङ्गठनले नेपालमा बर्षेनी १३ हजार बालविवाह हुने गरेको तथ्याङ्क सार्वजनिक गरेको छ । परम्परागतरूपमा बालविवाह हुने गरे तापनि यसलाई कुप्रथा र बाल अधिकार हननका रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group