बीरगंज १७ मंसिर । पर्सा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले १८ सय प्रतिबन्धीत लागु औषध ईन्जेक्सन सहित उनिहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बीरगंज २४ रामगढवा निवासी बर्ष २० को उदय साह तेली भन्ने ओम साह तेली र ऐ ऐ बस्ने बर्ष १८ को ज्याउल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए ।
भारतको रक्शौलबाट बीरगंज तर्फ ना ५४ प ९३८६ नम्बरको मोटर साईकलमा आउदै गरेको अवस्थामा बीरगंज १६ नगवा प्रह्रुी चौकीले चेकजाचको क्रममा उनिहरुको साथबाट ५ सय पिस फेनारगन, ५ सय पिस नुर्फिन,र ५ सय पिस डाईजेल्याव ईन्जेक्शन गरी १५ सय पिस लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।
त्यसैगरी गरी बीरगंज १६ स्थित रहेको ईनर्वा प्रहरी चौकीले नियमित चेकजाचको क्रममा बीरगंजको १६ रजत जयन्ती चौकबाट भारतको रक्शौलबाट बीरगज तर्फ पैदल आउदै गरेको अवस्थामा ३ सय पिस लागु औषध नाईट्रोभेट टयाबलेट सहित एक जनालाई पक्राउ गरेको छ ।
प्रतिबन्धीत लागु औषध नाईट्रोभेट टयावलेट सहित पक्राउ पर्नेमा जिल्ला मकवानपुर उपमाहानगरपालिका ४ बस्ने विजय परियार रहेको पर्साका प्रहरी नायव उपरिक्षक राईले जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर संचारकर्मीहरुलाई बताउनुभयो । पक्राउ परेका तिनै जनालाई पर्सा प्रहरी कार्यालयको हिरासतमा राखेर लागु औषध एन अन्तर्गत मुददा चलाईने तयारी भै रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्