ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुख काट्नेले नै काठ बेच्न पाउने चलनको अन्त्य हुन्छ : प्रदेश बन मन्त्री गिरी


sharan sharan
१७ मंसिर २०७५, सोमबार   १० : ०४   बजे

बुटवल, १७ मंसिर ।
५ नम्बर प्रदेशका बन पैदावार ब्यवसायीहरुले सरकारले बनाउंदै गरेको बन ऐन ब्यवसायी मैत्री हुनुपर्ने बताएकाछन् । प्रदेश राजधानी बुटवलमा आज बन तथा वाताबरण मन्त्री लिला गिरिसंग सामुहिक भेट गर्दै उनीहरुले निजी क्षेत्रलाई अवसर नदिंदा देशमा करोडौको काठ बिदेशबाट आयात भै रहेको औंल्याए । निजी क्षेत्रलाई पनि काम गर्न नदिने, सरकारले पनि ब्यवस्थापन नगर्ने गरेको भन्दै ब्यवसायीहरुले त्यसैका कारण बनमा अरबौं रुपैयांको काठ कुहिएको टिप्पणी समेत गरे ।
ब्यवसायीहरुको सु्झाव ग्रहण गर्दै प्रदेश नम्बर ५ का उद्योग, पर्यटन, बन तथा वाताबरण मन्त्री लिला गिरिले सरकारले बनाउन लागेको बन ऐनमा जसले बन काट्छ उसैले काठ बेच्न पाउने प्रचलन रोकिने बताउनुभयो । उहांले निजी क्षेत्रलाई पनि सरकारले एक खम्बाकारुपमा लिएको बताउंदै निजी बनका काठ बेच्न पाउने अधिकारलाई समेत बिक्री बितरणको सुनिच्छिता प्रदान गर्ने गरि ऐन बनाउन लागिएको जानकारी दिनुभयो ।
राष्ट्रिय बन पैदावार उद्योग ब्यवसायी महासंघका पुर्व केन्द्रिय अध्यक्ष कपिल अधिकारीले सरकारले बनाउंदै गरेको ऐनको मस्यौदामा निजि क्षेत्रलाई उपेक्षा गरिएको बताउनुभयो ।
महासंघका रुपन्देही समितीका निवर्तमान अध्यक्ष दिनेशराज रेग्मीले मस्यौदामा प्राधिकारणका नाममा ब्यवसायीको अधिकार खोस्न खोजिएको आरोप लगाउनुभयो ।
महासंघको तर्फबाट तयार पारिएको सुझाव पत्र प्रदेश समितीका अध्यक्ष दिनेश गिरीले मन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो । बन मन्त्रीलाई भेटन प्रदेशका १२ बढी ब्यवसायीहरु मन्त्रालय पुगेका थिए । उनीहरुले बन मन्त्रालयका सचिव धनन्जय पौडेललाई समेत भेटेर ब्यवसायीको सुझाव प्रस्त्त गरेका थिए । मन्त्रालयले बन ऐनको मस्यौदामाथि ब्यवसायी तथा सरोकारवालाको सुझाव संकलन गर्ने कार्यलाई तिब्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group