काठमाडौँ, १८ मंसिर । काठमाडौं रानीबारीमा १४ वर्षिया बालिका मंगलबार बिहान बलात्कृत भएकी छन् । मंगलबार बिहान २ बजे उनी बलात्कृत भएकी हुन् ।
बलात्कार आरोपमा रौतहटको राजदेवी नगरपालिका वडा नम्बर ८ घर भएका १७ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३, रानीबारीमा डेरी गरी बस्ने मकवानपुर हेटौंडाकी बालिकालाई अभिभावक नभएको मौका पारी उनकै कोठामा गएर यादवले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल तथा पीडित बालिकालाई थापाथलीस्थित प्रसूति गृहमा पठाइएको लैनचौरस्थित महानगरी प्रहरी वृत्तले प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्