भक्तपुर, १८ मङ्सिर। भक्तपुरमा घरको छतबाट खसेर एक वृद्धको ज्यान गएको छ ।ज्यान जानेमा चाँगुनारायण नगरपालिका–१ बोडे सरस्वतीखेल बस्ने ७३ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
उनको छतबाट खसेर सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । छिमेकी नविना श्रेष्ठको ३ तले घरको छतमा घाम ताप्न गएका श्रेष्ठ सोही घरको छतबाट खसेका थिए । खसेर गम्भीर घाइते भएकोमा उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्