ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय सुरक्षाकर्मीद्वारा सडक निर्माणमा रोक


एबीसी न्यूज
१८ मंसिर २०७५, मंगलबार   ७ : ४८   बजे
SAMSUNG CAMERA PICTURES

कञ्चनपुर, १८ मङ्सिर।  भीमदत्तनगरपालिका–१० जिमुवामा निर्माण हुँदै गरेको सडकमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

गड्डाचौकी, जिमुवा हँुदै ब्रह्मदेव जोड्ने सडक निर्माणमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेका हुन् । नेपाली भूमिमै नगरपालिकाले सडक बनाउन ल्याएको जेसिभी एसएसबीले दशगजा क्षेत्रमा सडक बनाउन नपाइने भन्दै फर्काइदिएको स्थानीयवासीले बताएका छन् ।

“चलनभोग गर्दै आएको जग्गामा सडक बनाउनका लागि ठाउँ दिएका थियौँ”, स्थानीयवासी पशुपति चन्दले भन्नुभयो, “दशगजाभन्दा ५० मिटर वरसम्म सडक बनाउन नपाइने भन्दै रोक्न लगाएको छ ।” सडकको अवस्था नराम्रो भएकाले नगरपालिकासँग सडक बनाउन अनुरोध गरी जेसिवी ल्याइएको उहाँले बताउनुभयो ।

नगरपालीकाका सूचना अधिकारी हरिसिंह धाँमीले सडक बनाउँदै गर्दा एसएसबीले दशगजामा पर्ने भनेर रोकेकाले कार्य सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालय र नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । “सडक स्तरोन्नतिको काम अगाडि बढाउनका लागि भारतीय पक्षसँग समन्वयको प्रयास भइरहेको छ”, उहाँले भन्नुभयो ।

प्रजिअ तारानाथ अधिकारीले नेपाली भूमिमा सडक निर्माण भइरहेको भए भारतीय पक्षले रोक्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “भारतीय समकक्षीसँग समन्वय गरेर समस्याको निकास निकालिने छ ।” सीमास्तम्भ अद्यावधिक नहुँदा सीमा विवाद आउने गरेकाले सम्बद्ध पक्ष बसेर निकास निकालिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सञ्चारमन्त्री तिमिल्सिनाद्वारा बाढीपीडितको स्वास्थ्य अवस्थाबारे जानकारी

टिमुरेबाट १०५ जनाको उद्धार, टनेलबाट थप ७ जना निकालिए

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu