काठमाडौं,१९ मङसिर । झापामा प्रहरीले धरौटीमा छुटेका व्यक्तिलाई थुनामुक्त गर्न पैसा मागेको खुलासा भएको छ ।
अभद्र व्यवहार सम्बन्धी मुद्दामा परेका मेचीनगर(१३ का यादव भट्टराईलाई प्रहरीले १५ हजार रुपैयाँ माग गरेको खुलासा भएको हो ।
जिल्ला प्रशासन कार्यालयले ८ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिए पनि प्रहरीले अतिरिक्त रकम माग गरेको खुलेको बताइएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय, अनारमनीले १० मंसिरमा भट्टराईविरुद्ध मुद्दा दायर गरेको थियो ।
मुद्दामा छुटाइदिए वापत भन्दै प्रहरीले पीडितसँग १५ हजार रुपैयाँ लिएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय, झापाले अनुसन्धान थालेको छ ।
प्रतिक्रिया दिनुहोस्