ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिंसाविरुद्ध यसरी बोल्न थाले पीडित महिला


admin
१९ मंसिर २०७५, बुधबार   ३ : २०   बजे

ललितपुर, १९ मङ्सिर ।  आफन्तलाई लिन बसपार्क पुग्नुभएकी शर्मिला कँडेललाई एक पुरुषले मोटसाइकलमा आएर सोधे ‘बहिनी जाने हो ? कति पैसा लिन्छौ ?’

उहाँलाई झनक्क रीस उठ्यो र ती पुरुषलाई उल्टै प्रतिप्रश्न गर्नुभयो ‘‘बरु तपाईं चाहीँ भन्नुहोस् कति पैसा लिनुहुन्छ ?’’ ती पुरुष बोलेनन् र सरासर आफ्नो बाटो लागे । गाउँदेखि काठमाडौँसम्म अनि आफन्तदेखि नचिनेकासम्मको हिंसा उहाँले धेरै सहनुभयो । अहिले भने उहाँ हिंसाको प्रतिवाद गर्न थाल्नु भएको छ ।

उहाँले भन्नुभयो, “हिंसा गर्नेलाई चुप लाग्दा फेरि पनि आफैँलाई वा अरुलाई हिंसा गर्छ तर हामीले प्रतिवाद ग¥यौँ फेरि उसले हिम्मत गर्दैन ।”

बाल्यकालदेखि नै हिंसा सहँदै आएका महिला खुलेर हिंसाको विरोध गर्न थालेका छन् । हिंसा सहँदा पटक-पटक दोहोरिने भए पनि हिंसाको विरुद्ध आवाज उठाउँदा हिंसा अन्त्य हुने पीडित बताउँछन् । घर परिवारमा महिलाले बोल्नु हुँदैन सबै कुरा सहनुपर्छ भनेर सिकाएकै कारण पीडा भोगेको भन्दै उनीहरुले अहिले भने हिंसाका विरुद्ध आवाज उठाउन थालेका हुन ।

लोकदोहोरी गायिकासमेत रहेकी कँडेलको इच्छा नहुँदा नहुँदै सात कक्षामा पढिरहँदा विवाह भयो । विवाहपछि उहाँले कहिले दाइजोको निहुँमा त कहिले छोरा नपाएको भन्दै पटक÷पटक हिंसा सहनुप¥यो । गर्भवती हुँदा समेत श्रीमान्ले प्रत्येक रात जबरजस्ती गर्दासमेत उहाँले माइतीको इज्जत राख्न भन्दै आवाज उठाउन सक्नुभएन ।

एउटी छोरीलाई जन्म दिएपछि श्रीमान् र उनको परिवारले उहाँलाई झुक्काएरै गर्भपतन गराउन पोखरा पु¥याए । सहमति पत्रमा हस्ताक्षर गर्दा थाहा पाएरै त्यहाँबाट भागेको दिन सम्झँदा उहाँ अहिले पनि भक्कानिनुभयो ।

घर फर्किएपछि श्रीमान्ले उहाँलाई घाँसको भारीसहित भीरबाट धकेलेर लडाउन प्रयास गरे । उहाँले भन्नुभयो, “लडेको ठाउँमा माइती पट्टिका आफन्तले भेटेर मात्रै बाँच्न सकेँ ।” कहिले छोरी मान्छे भएर जन्मेपछि सहनैपर्छ भनेर त कहिले विद्रोह गर्दा माइतीको इज्जत जान्छ भनेरै उहाँले धेरै वर्ष मौनतामा बिताउनुभयो ।

सन्तानलाई नै जोगाउन नसक्ने भएपछि भने उहाँले रु एक हजार एक सयमा सीमा बेचेर घर छाड्नुभयो । दोहोरी साँझमा पहिले वेयटर र पछि गायिकाका रुपमा काम गर्न थाल्नुभयो । उहाँले भन्नुभयो, “हिम्मत गरेर बोलेकैले अहिले दुई छोरी पढाउन सकेकी छु ।”

शर्मिला जस्तै ललितपुरकी शशीकला सुवेदीले पनि कहिले परिवारकै सदस्य त कहिले आफन्त र कहिले छिमेकीबाट हिंसा भोग्नुपरेको थियो । दिदीहरुको १३ वर्षमा बिहे भएपछि उहाँको पनि चाँडै बिहे गरिदिने परिवारको इच्छा थियो । उहाँले भने पढाइ पूरा गर्ने इच्छा राख्नुभयो । प्रवेशिकापछि मामाघरमा बसेर पढ्दा उहाँमाथि मामाकै कुदृष्टि प¥यो । विद्यालय पढाउँदा पढाउँदै उहाँले ट्युसन पढाउन थाल्नुभयो ।

ट्युसन पढ्ने विद्यार्थीको अभिभावकले गलत दृष्टिकले हेर्न थाले । परिवारले उहाँको इच्छा विपरीत सौता र छोराछोरी भएकालाई विवाह गरेर दिए । उहाँले सन्तानको इच्छा राखेपनि पूरा भएन । उहाँले भन्नुभयो, “श्रीमानले सन्तान नचाहेका रहेछन्, जबरर्जस्ती गर्भपतन गराए ।’’ आमा बन्ने अधिकार खोसिँदा पनि उहाँ बोल्न सक्नुभएन ।

सिङ्गो जिन्दगी सहेर बसे पनि अहिले उहाँ खुलेर हिंसाका विरुद्ध बोल्न थाल्नुभएको छ । आफूले जस्तै पीडा अरुले भोग्न नपरोस् भनेर पनि उहाँ हिंसाका विरुद्ध बोल्न प्रेरित गर्न थाल्नु भएको हो । उमेरमा बोल्न नसकेका कुरा कपालका रौं फुल्दै जाँदा बोल्ने हिम्मत आएको देबु पराजुली बताउनुहुन्छ । पाँच वर्षको हुँदा पोलियोबाट पीडित भएपछि उहाँले धेरै अवसरबाट वञ्चित हुनुप¥यो ।

अहिले काठमाडौँ जस्तो विकसित शहरमा त भौतिक पूर्वाधार छैन भने त्यतिबेला उहाँलाई बाबुआमाले विद्यालयसम्म बोकरै पढाउनु भएको थियो । उहाँले भन्नुभयो, “डुँडीलाई बोकीबोकी पढाएर के चैँ गर्ने हो र ? भनेर गाउँले र आफन्तहरुले भन्दा बुबा रुनुभएको मैले धेरैपटक देखेको छु ।”

जागिरमा लिखितमा नाम निस्कँदा समेत धेरै पटक अपाङ्गता भएकै कारण उहाँ अन्तरवार्तामा छनोट हुनुभएन । उहाँका उमेरका सबैको विवाह हुँदा पनि अपाङ्गता भएकै कारण उहाँको विवाह भएन । अहिले पनि उहाँलाई सामाजिक सञ्जालका साथी भेट्न हुरुक्कै हुन्छन् । उनीहरु भेटेपछि भने अपाङ्गता देखेपछि आफैँ टाढा हुन थाल्छन् । उहाँले भन्नुभयो, “एउटी राम्री केटी देख्नेले मलाई देख्दा कस्तो प्रतिक्रिया दिन्छन् भन्ने बुझ्नकै लागि म भेट्ने गर्छु ।”

शताब्दीऔँंदेखिको महिलाको मौनताको इतिहास विस्तारै मेटिदैछ । सानैदेखि भविष्यमा ‘अरुको घरमा जानुपर्छ’ भन्दै परिवारले महिलालाई मौन बस्न सिकाउँछ । विवाहपश्चात पनि कहिले आफ्नो त कहिले माइतीको इज्जतका लागि मौन बस्नेहरु खुलेर हिंसाविरुद्ध बोल्न थालेका हुन् । क व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group