काठमाडौं, १९ मङ्सिर। अस्ट्रेलियाका लागि नेपाली राजदुत लक्की शेर्पा र उनको परिवारमाथि गत केहि दिन अघि मात्रै राजदुताबास कै निजीसहयोगी आङ्ग्छु शेर्पाले लगाएको आरोपबारे दुतावासले विज्ञप्ति निकालेर खण्डन गरेको छ।
आरोप लगाउने आङ्ग्छु शेर्पाबारे दुतावासले उनि राजदुत निवासबाट सामान चोरेर फरार रहेको र सोको जानकारी नेपाल सरकार र मातहतका निकायमा जानकारी गराईसकेको र उनी बिरुद्ध बिभिन्न गैह्रकानुनी कृयाकलापमा संलग्न रहेको र मुद्दा अदालतमा विचाराधीन रहेको समेत दुतावासले जनाएको छ।
उनलाई कार्वाहीको लागि अष्टेलियाको प्रहरीले बाहीर गरेका ठगी सम्वन्धी अनुसन्धान तथा कार्वाहीका लागि इन्टरपोल मार्फत जानकारी पठाउन समेत अनुरोध गरेको छ ।
नेपालमै ठगिएकाहरुले समेत नेपाल प्रहरीमा उजुरी गरेका छन । निज आङ्ग्छुले सिगापुरमा रहेका नेपालीलाई अष्टेलिया पुराई दिने प्रलोभनमा पारेर ठगि गरेको समेत मुद्धाहरु समेत नेपालको इन्टरपोल मार्फत अष्टेलियन फेडरल पोलिसको इन्टरपोललाई जानकारी गराउन हुन काउन्सेलर राजेन्द्र पाण्डेले बताएका छन् ।
यसैबीच प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रेसनोट जारी गर्दै राजदुत शेर्पाको बारेमा सत्यतथ्य सार्वजनिक गर्न सरकार संग माग गरेको छ । स्रोतका अनुसार अष्टेलीयमा एक सय भन्दाबढी काग्रेस समर्थक कार्यक्रताहरु शरणार्थीको दर्जा पाउन आवेदन दिएर बसेका छन् । नेपालमा कम्यूनिष्ट सरकार भएकैले आफुहरु असुरक्षित रहेको भन्दै उनिहरुले शरणार्थी हैसियत खोजेका हुन । त्यसैले आङ्ग्छुको मुद्धालाई नेपाली कांग्रेसले आफ्ना कार्यकताको हितमा प्रयोग गरेको स्रोतको दावी रहेको छ ।
अनावश्यक आरोपलाई विश्वास नगर्न समेत राजदुताबासद्वारा प्रेसित बिज्ञप्तिमा भनिएको छ ।
यस्तो छ विज्ञप्ति
प्रतिक्रिया दिनुहोस्