चितवन, १९ मंसिर । चितवन प्रहरीले ठूलो आवाज निकाल्ने मोटरसाइकललाई चितवनका पर्यटयिक क्षेत्र र बजार क्षेत्र भित्र सञ्चालनमा कडाइ गरेको छ ।
ठूलो आवाजका कारण आम सर्वसाधारणले समस्या व्यहोर्नु परेको निष्कर्षसहित प्रहरीले ती मोटरसाइकलहरुमा कडाइ गरिएको हो ।
प्रहरीले अत्याधिक ठूलो आवाज निकाल्ने डुकाटी, क्रसफायर, बुलेट, बेनेली र आरएक्स मोटरसाइकल सञ्चालनमा कडाइ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरीउपरिक्षक (एसपी) सुशिलसिहं राठौरले ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्न लागिएको बताए ।
जिल्लामा विशेष टोली बनाएर एसपी राठौरले जिल्ला सदमुकामसगै पर्यटकीय क्षेत्रमा यस्ता बाईकका कारण सर्वसाधारणले सास्ती खेपेको गुनासोको आधारमा नियन्त्रण दिन अभियान थालेको बताए ।
एसपी राठौरले ठूलो आवाज निकाल्ने सवारीका कारण दुर्घटना बढ्नुका साथै ध्वनी प्रदुषण हुने गरेकाले नियन्त्रण गर्ने अभियान थालेको स्पष्ट पार्दै अभियानको पहिलो दिन मंगलबार मात्रै ८ आठ बाईक नियन्त्रणमा लिईएको उनले जनकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी नायब निरीक्षक मुनेन्द्र थापाको कमाण्ड खटिएको एक टोली ति ८ वटा बाईक नियन्त्रणमा लिएको हो ।
ट्राफिक प्रहरीका अनुसार कतिपय मोटरसाइकल कम्पनीबाट आउँदै ठूलो आवाज निस्किने डिजाइनमा बनेका हुन्छन् । ती मोटरसाइकलहरु ‘रेसिङ’ र पहाडी क्षेत्रमा कुदाउनका लागि बनेका हुन् । यद्यपि, चितवनमा त्यस्ता मोटरसाइकलहरु कुदाइने गरिएको छ ।
यस्ता मोटरसाइकलहरु कतिपय ३ सय ५० सीसी, कपितय ८ सय त कतिपय ६ सय सीसीका रहेक छन् ।
प्रतिक्रिया दिनुहोस्