बनियानी, १९ मङ्सिर । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार गेटबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आज खैरो हेरोइनसहित बाह्रदशी गाउँपालिका–७ का हेमन्त राजवंशी र बिर्तामोड नगरपालिका–२ का जनक सुन्दासलाई पक्राउ गरेको हो ।
चेकजाँचका क्रममा मे५प ३६३५ नंको मोटरसाइकलमा सवार उनीहरुलाई ट्याङ्कीमा प्लास्टिकमा पोको पारेर सेतो टेपले बाँधेर लुकाई छिपाई राखेको अवस्थामा ४०० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्