ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएइका व्यवसायीलाई नेपालमा लगानी गर्न रक्षामन्त्री पोखरेलको आग्रह


admin
१९ मंसिर २०७५, बुधबार   ८ : २७   बजे

काठमाडौं,१९ मङ्सिर । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग आज नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएइ)का राजदूत सइद हममन अल नाक्बीले शिष्टाचार भेट गर्नुभयो ।

उपप्रधानमन्त्रीले पोखरेलले नेपाल र युएइबीच विगत चार दशकदेखि घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको र यो सम्बन्ध आगामी दिनमा अझ बढी प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

भेटघाटका क्रममा उपप्रधानमन्त्रीले झण्डै दुई लाखको हाराहारीमा आप्रवासी नेपाली कामदार रहेको युएइसँगको सम्बन्धलाई नेपालले उच्च प्राथमिकतामा राखेको र नेपालमा युएइका उद्यमी व्यवसायीको लगानीलाई प्रवद्र्धन गर्न सरकारले लगानी मैत्री नीति तथा कार्यक्रम अघि बढाइरहेको विचार व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय शान्ति स्थापनामा नेपालको छ दशक लामो अनुभव रहेको कुरा उल्लेख गर्दै नेपाली सेना र युएइबीच अनुभव आदानप्रदानलगायत सैन्य क्षेत्रमा आपसी सहयोग विस्तार गर्ने प्रशस्त सम्भावना रहेको उपप्रधानमन्त्रीले औँल्याउनुभयो ।

राजदूतले नाक्बीले युएइ र नेपाल लामो समयदेखि अत्यन्त असल मित्रका रूपमा रहेको चर्चा गर्दै युएइमा ठूलो सङ्ख्यामा नेपाली कामदार रहेको र तिनले हालका दिनमा सुरक्षा, निर्माण तथा सेवा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताउनुभयो ।

संयुक्त अरब इमिरेटसका लगानीकर्ता नेपालको कृषि, पर्यटन, यातायात, परिवहन तथा विमानस्थल व्यवस्थापनलगायतका क्षेत्रमा लगानी गर्न इच्छुक रहेकाले त्यसका लागि नेपाल सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिदिन उहाँले आग्रह गर्नुभएको रक्षा मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले जानकारी दिनुभयो ।

भेटका अवसरमा रक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group