चितवन, २० मंसिर । पूर्वी चितवनको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाँडीका प्रमुख डिएसपी दयानिधि ज्ञवाली यतिवेला जनता माझ लोकप्रिय बन्दै भएका छन् ।
चितवनका जनतालाई शान्ति सुरक्षाको प्रयाभुति प्रदान गरेका ज्ञवाली यतिवेला समाजिक कार्यमा समेत समेत सक्रिय बन्दै गएपछि जनता माझ लोकप्रिय बनेका हुन ।
जिल्लामा मोटरसाईकल चोरीको घटनामा र डिजिटल प्रविधिको प्रयोग गर्दै तत्कालै हराएका व्यक्तिलाई समेत खोजी गर्ने कार्यमा नेतृत्व गर्दै आएका उनि प्रहरी प्रशासनमा समेत यतिवेला चर्चीत बनेका छन् ।
यतिवेला विपन्न दिनदुःखी पिडामा केहिहदसम्म मलम लगाउन सकिन्छ भन्दै तिनै ज्ञवालीले समाजिक कार्य सक्रियता देखाएका छन् ।
डिएसपी ज्ञवालीको पहल र सक्रियतामा रत्ननगर ५ मा रहेको झुवानी माविका अध्ययनरत विपन्न समुदायका विद्यार्थीहरुलाई स्कुल पोसाक र स्टेशनरी वितरण गरिएको छ । डिएसपी ज्ञवाली र आरआर सप्लायर्सका सञ्चालक राजु लामाले १३ जना विद्यार्थीहरुलाई स्कुल पोसाक, जाडोमा लगाउने स्वीटर,टोपी र कापी कलम सहयोग गरेका हुन् ।
विद्यालयका शिक्षक रामचन्द्र चौधरी र स्थानीय सन्ते चौधरीको सहजीकरणमा आयोजित कार्यक्रममा डिएसपी ज्ञवाली र वडा अध्यक्ष कृष्ण महतोले विद्यार्थीहरुलाई सो सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर नेपाली, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष जोगेन्द्र महतो, बछौली रेडक्रसका सभापति सुवास विडारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडाध्यक्ष महतोको अध्यक्षतमा भएको थियो ।
प्रतिक्रिया दिनुहोस्