बुटवल,२० मङसिर । बुटवल उपमनगरपालिकाले पहिलो पटक किसानहरुको धान धितोमा राखेर कृषि ऋण प्रदान गर्ने प्रक्रिया सुरु गरेको छ ।
पहिलो चरणमा किसानले उत्पादन गरेको धानलाई सहकारीमा धितो राखेर सहकारी मार्फत किसानलाई ऋण प्रदान गर्ने योजना अनुसार आज बुटवल–१४ सेमलारमा रहेको सिम्रीक कृषि सहकारी संस्था र बुटवल उपमानरपालिकाको विचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।
बुटवल उपमानरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र सिग्देल र सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादुर गाहाले हस्ताक्षर गर्नुभएको छ ।
बुटवलको सेमलार, मोतिपुर क्षेत्रका किसानहरुले उत्पादन गरेको धान उचित भण्डार स्थानको अभावको कारण उचित मुल्य विना नै विक्रि गर्दै आएका थिए ।
अव किसानहरुले सहकारीमा आफु्ले उत्पादन गरको धानलाई सहकारीमा धितोको रुपमा राखेर कृषि ऋण लिन सक्छन् । किसानहरुले यसरी उत्पादन गरेको धान सहकारीमा राखेमा कुनै पनि भाडा तिनुपर्र्दन । किसानको भाडा नगरपालिकाले तिरिदिने छ ।
बुटवल उपमानगरपालिका प्रमुख शिवराज सुवेदीले किसानहरुको समस्यालाई सामाधान गर्नको लागि पहिलो चरणमा किसानहरुको धानलाई भण्डारणमा अनुदान प्रदान गरिएको जानकारी दिनुभयो ।
पहिलो चरणमा किसानको धान मात्रै सहकारी मार्फत भण्डारण गर्ने सम्झौता सहकारीमार्फत गरिएकोमा आगामी दिनमा अन्य गहुँ, दाल जन्य कृषि उपज समेत भण्डार गरी किसानहरुलाई ऋण उपलब्ध गराउने तयारी गरिएको मेयर सुवेदीको भनाई रहेको छ ।
बुटवल उपमहानरपालिका, कृषि विकास महशाखा प्रमुख बरिष्ठ कृषि विकास अधिकृत भिमनाथ शर्माले किसानहरुले उत्पादन गरेको धानलाई सहकारीमा भण्डारण गरे बापत सहकारीले लिने भाडा रकम नगरपालिकाले प्रदान गर्ने छ ।
जसको लागि नगरपालिकाले २ लाख ५० हजार रुपैयाँको सम्झौता सहकारीमार्फत गरेको हो । किसानले यसरी भण्डारण गरेको धानलाई धितोको रुपमा सहकारीले स्वीकार गरी ऋण समेत प्रदान गर्ने सम्झौता गरिएको छ ।
ऋण चुत्ता पश्चात किसानले आफ्नो धान विक्रि गर्न पाउने सिम्रीक कृषि सहकारी संस्थाका अध्यक्ष गणेश बहादु गाह मगरले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्