ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माण व्यवसायी सङ्घ म्याग्दीको विवाद उत्कर्षमा


admin
२० मंसिर २०७५, बिहिबार   ५ : ४७   बजे

बेनी, २० मङ्सिर । निर्माण व्यवसायी सङ्घ म्याग्दीको विवाद उत्कर्षमा पुगेको छ । वर्तमान कार्य समितिलाई साधारणसभा र वैधानिकताको विषयमा सङ्घका असन्तुष्ट पक्षले प्रश्न उठाएको छ भने दुवै समूहले बेनीमा छुट्टाछुट्टै भेलासमेत आह्वान गरेका छन् ।

गत असोजमा सम्पन्न सङ्घको राष्ट्रिय अधिवेशनमा प्रतिनिधि छनोटमा असन्तुष्ट भएपछि सङ्घको पदावधि सकिएको समितिले गरेको निर्णय अवैधानिक भएको आरोपसहित पूर्वअध्यक्ष कृष्णकुमार शेरचन र वरिष्ठ उपाध्यक्ष प्रदीप सापकोटाले उच्च अदालत बागलुङमा रिट हालेपछि सङ्घभित्रको विवाद बाहिर आएको हो ।

असन्तुष्ट पक्षले वर्तमान कार्य समितिको दुई वर्षे कार्यकाल गत जेठ २८ मै समाप्त भएको र साधारणसभालगायतको संस्थागत गतिविधिसमेत नगरेको भन्दै निर्माण व्यवसायीको भेला आह्वान गरेका छन् ।

सङ्घका पूर्वअध्यक्ष अमर बानियाँले अगुवाइ गर्नुभएको असन्तुष्ट पक्षले अदातलको आदेशबमोजिम २०७२ साल जेठ २९ मा नारायणबहादुर जिसीको अध्यक्षतामा निर्वाचित कार्यसमितिको पदावधि सकिएको समितिले साधारणसभा र अधिवेशननै आह्वान गरेको कारण सङ्घलाई पुनर्जीवन दिनको लागि भन्दै शनिबार बेनीमा भेला बोलाएको छ ।

पूर्वअध्यक्ष बानियाँले सङ्घको वर्तमान परिस्थिति र अदालतको उत्पेषणयुक्त परमादेशलाई कार्यान्वयन गरी सङ्घको वैधानिक रिक्ततालाई हटाएर नयाँ नेतृत्व चयनको लागि छलफल गर्न भेला आह्वान गरेको बताउनुभयो ।

यता सङ्घका वर्तमान अध्यक्ष जिसीले भने यसअघिका सबै अध्यक्षले पनि तीन वर्षे कार्यकाल नेतृत्व गरेर छ महीना म्याद थप गरेर मात्रै अधिवेशन गरेको नजिर भएको प्रतिक्रिया दिनुभयो ।

उहाँले समितिबाट आफूले आर्थिक कारोवार नगरेको, आफ्नो कार्यकालमा एउटा पनि चेकमा आफूले हस्ताक्षर नगरेको र आफू अल्पमतमा रहेकाले कुनै पनि संस्थागत आर्थिक कारोवार गर्न नपाएकाले सङ्घको नेतृत्वमा रहेर आफूले कुनै अपारदर्शी र आर्थिक चलखेल नगरेको दाबी गर्नुभयो ।

यस सङ्घले महासङ्घको परिपत्रअनुसार दुई वर्षे कार्यकाललाई बढाएर तीन वर्षे कार्यकाल बनाउने गरी विधान संशोधन गर्ने निर्णय भए पनि अहिलेसम्म विधान संशोधनले वैधानिकता पाएको छैन ।

बयानब्बे जना साधारण सदस्य रहेको सङ्घको १०औँ अधिवेशनमा भएको निर्वाचतमा वर्तमान अध्यक्ष जिसीबाहेक अन्य सबै पदाधिकारी र सदस्य अध्यक्षका पत्यासी गोपाल भट्टचन पक्षबाट विजयी भएका हुन् ।

निर्वाचनमा दलीयरुपमा प्रतिस्पर्धा भए पनि अहिले सङ्घभित्र देखिएको विवाद भने सङ्घभित्रको आर्थिक गतिविधि, नेतृत्व र अस्तित्वसँग जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group