ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोमबार बसेको मन्त्रिपरिषद् बैठक : महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउनेदेखि मन्त्री निवास सार्नेसम्म


एबीसी न्यूज
२० मंसिर २०७५, बिहिबार   ६ : ३०   बजे

काठमाडौँ, २० मंसिर । सरकारले लक्ष्मीप्रसाद देवकोटाको घरलाई संग्रहालय बनाउन भएको छ । मैतिदेवीस्थित महाकवि देवकोटाको जीर्ण घरलाई संग्रहालय बनाउने तयारीमा सरकार रहेको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महाकवि देवकोटाको घरलाई संग्रहालय बनाउने निर्णय गरेको हो ।

बिहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकार प्रवक्ता सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले संग्रहालय बनाउने विषयमा देवकोटाको परिपवारसँग छलफल चलिरहेको र छलफल सकरात्मक दिशामा अगाडि बढिरहेको जानकारी दिए ।

गएको लक्ष्मीप्रसाद जन्म जयन्तिका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देवकोटाको घरलाई संग्रहालय बनाउने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीको यही प्रस्तावलाई मन्त्रिपरिषद् बैठकले पारित गरेको हो ।

यसैबीच, सरकारले हाल पुल्चोकमा रहेको मन्त्री निवासलाई ललितपुरकै भैंसेपाटीमा सार्ने निर्णय गरेको छ । सञ्चारमन्त्री बास्कोटाले हाल मन्त्री निवास रहेको पुल्चोकमा भने विशिष्ट व्यक्तिहरुको आवासका लागि १० वटा आधुनिक गेस्ट हाउस बनाउने निर्णय गरेका बताए ।

अहिले भएको मन्त्री निवास सार्ने र त्यहाँ १० वटा आधुनिक स्टेट गेस्ट हाउस बनाउने सरकारले निर्णय गरेको हो ।

यी हुन् सरकारका निर्णय 

१. प्रधानमन्त्री केपी शर्मा ओलीलाई युनिभर्सल पिस फेडेरेशनबाट गुड गोभर्नेन्स अवार्डसहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबर रकम नेपाल सरकारले थप गरी शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने प्रतिभाशाली युवा तथा अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार’ कोष स्थापना गर्ने।

२. पोल्यान्ड सरकारद्वारा राष्ट्रसंघीय संरचना महासन्धी अन्तर्गतका पक्षराष्ट्रहरूको २४ औं सम्मेलनमा घोषणा गर्ने प्रस्ताव सोलिडारिटी एण्ड जस्ट ट्रान्जिसन सिलेसिया डिक्लेरेशन अनुमोदन गर्ने ।

३. महाकवि लक्ष्मीप्रसाद देवकोटाको आवासलाई संग्राहलय बनाउने निर्णय गरिएको छ ।

४. पुथा उत्तरगंगा गाउँपालिका, रुकुम ९पूर्वी रुकुम० को केन्द्र साबिक कोल गाविसको कार्यालयबाट परिवर्तन गरी तक्सेरामा कायम गरिएको छ ।

५.  नेपाल र श्रीलंकाबीच संयुक्त हुलाक टिकट प्रकाशन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने। त्यस्तै हुलाक सेवा सम्बन्धी विधेयक तर्जुमा गर्न तयार पारिएको अवधारणापत्र पनि स्वीकृत गरिएको छ ।

६. नेपाल दुरसञ्चार कम्पनी लिमिडेटको प्रवन्ध निर्देशक पदमा नियुक्ति सिफारिस गर्न तीन सदस्य छनोट समिति गठन गर्ने निर्णय गरिएको छ ।

७. स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा रमेशकुमार पोखरेल, विराटनगर–५, मोरङलाई नियुक्त गरिएको छ ।

८. नेपाल–भारत एकीकृत भन्सार जाँच चौकी, वीरगञ्जको जग्गा मुआब्जा विवाद समाधान गर्नका लागि भन्सार स्थापना गर्दा विस्थापित भएर घरवारविहीन हुन पुगेका परिवारलाई प्रति परिवार एक लाख ५० हजार रूपैयाँ र यसअघि मुआब्जा पाएर पनि बसोबासको व्यवस्था गर्न नसकेका परिवारलाई प्रति परिवार एक लाख रूपैयाँ प्रदान गर्ने निर्णय गरिएको छ ।

९. काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बन्चरेडाँडामा निर्माण गर्नुपर्ने करिब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्यान्ड फिल्ड साइट निर्माण गर्ने जिम्मा सहरी विकास मन्त्रालयलाई दिने निर्णय गरिएको छ ।

१०.ललितपुर जिल्ला ललितपुर महानगरपालिका सैवु भैसेपाटीस्थित सैवु आवास क्षेत्रमा सांसद आवासका लागि छुट्याइएको १४९ रोपनी चार आना ३।२८ दाम जग्गामा राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, उपाध्यक्ष, उपसभामुख र मन्त्रीहरूका लागि २७ वटा आवास भवनका साथै प्रदेश प्रमुख र मुख्यमन्त्री आवासरसम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय गरिएको छ ।

ललितपुरको पूल्चोकस्थित हाल मन्त्री निवास रहको परिसरमा १० वटा राजकिय अतिथी गृह निर्माण गर्ने र सोका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा नेपाल राष्ट्रिय पुस्तकालय रहेको छेवैको सरकारी जग्गासमेत उपयोग गर्ने निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group