ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यस्तो बन्दैछ भरतपुरमा गणेशधाम प्रदेश सरकारले सहयोग गर्ने, मुख्यमन्त्री र कृषिमन्त्रीद्धारा स्थलगत अवलोकन


एबीसी न्यूज
२१ मंसिर २०७५, शुक्रबार   ११ : ५७   बजे


चितवन,२१  मंसिर ।  भरतपुर महानगरपालिका–११ मा गणेशधाम निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गणेशस्थान क्षेत्रको स्थलगत निरीक्षण पश्चात गणेशधाम निर्माणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले गणेशधाम प्रदेश नम्बर ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भन्दै तीब्रताका साथ काम गर्न निर्देशन दिए ।

‘विकास निर्माणका लागि यहाँका स्थानीयहरु आफै जागरुक हुनुपर्छ’,मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेशका हरेक जिल्लामा यस्तै एउटा महत्वपूर्ण काम गर्नुपर्छ ।’

गणेश धाम आगामी पुस्ताले सम्झन लायक कामका रुपमा स्थापित हुने उनले बताए । ‘फलानो पुस्ताले यस्तो सुन्दर काम गरेको थियो, भन्ने इतिहास बनाएर छोड्नुपर्छ’,उनले भने, ‘जीवनमा एकपटक यस्तो महत्वपूर्ण जिम्मेवारी पाइन्छ ।’ गणेशस्थान क्षेत्र अवलोकन गर्दा सुन्दर र सम्भावनायुक्त ठाउँ देखेको मुख्यमन्त्री पौडलले बताए । प्रदेश सांसद विजय सुवेदी र मन्दिरका अध्यक्ष दिनेशकुमार चुकेको नेतृत्वमा समयमै धाम निर्माण हुने उनको विश्वास छ ।

यस्तै प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनहरुमा उत्पादनमूलक फलफूलका विरुवा रोप्न आग्रह गरे । उनले गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गणेशधाम निर्माणका लागि मंसिर २२ गतेदखि २९ गतेसम्म धनधान्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ । महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । समितिले तीव्रताका साथ काम गरिरहेको छ ।

महायज्ञमा युवा वाचक पण्डित दिनबन्धु पोखरेलले प्रवचन दिने र करिब २० करोड रुपैयाँ आर्थिक संकलन गर्ने लक्ष्य आयोजकको छ । डीपीआर अनुसारको काम सम्पन्न गर्न करिब ८० करोड लाग्ने अनुमान गरिएको छ ।

४ बिघा जमिनमा गणेश धाम निर्माण गर्ने योजना छ । २५ बिघामा तलाउ निर्माण गरिने छ । डीपीआर अनुसार सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वर्तीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचनाहरु निर्माण हुने छ । धाम निर्माणका लागि प्रदेश नम्बर ३ सरकारले ८० लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group