काठमाडौं, २१ मंसिर । काठमाडौंको कालोपुलमा चर्चित डाका तथा गुण्डा नाइके राजन लिम्बूमाथि गोली प्रहार भएको छ ।
महानगरीय अपराध महाशाखाको टोलीले भाग्न खोज्दा लिम्बूमाथि गोली चलाएको हो । उनको खुट्टामा गोली लागेको छ । गोली लागेका लिम्बूलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको प्रहरीले जनाएको छ ।
लामो समदेखि प्रहरीको खोजी सूचीमा रहेका लिम्बू दर्जनबढी लुटपाट र डकैतीका घटनामा संलग्न रहेको महाशाखले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्