ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उर्जामन्त्री पुनले जनकपुर पुगेर यस्तो भने..


admin
२२ मंसिर २०७५, शनिबार   ४ : ३३   बजे

काठमाडौं,२२ मङसिर । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले संघ,प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

नेकपा २ नम्बर प्रदेशको कसंसदिय दलले जनकपुरमा आयोजना गरेको वर्तमान अवस्थामा उर्जा र सिंचाई विकासमा तीनै तहका सरकारको भुमिका विषयक अन्र्तक्रिया कार्यक्रम बोल्दै उर्जामन्त्री पुनले यस्तो बताउनुभएको हो ।

उहांले तीनैतहका सरकारहरुलाई संविधानले सार्वभौम अधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था गरेको भन्दै त्यसलाई देश र जनताको हितमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

मन्त्री पुनले नेपाली जनताको बलिदानबाट लोकतन्त्र र संघियता प्राप्त भएको भन्दै यसलाई सस्थागत गर्न सवै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘संविधानले स्पष्ट रुपमा तीन तहको सरकार रहने व्यवस्था गरेको छ, त्यसलाई अवसरको रुपमा लिएर देश विकासमा काम गरौ ।’ मन्त्री पुनले कार्यक्रममा भन्नुभयो ।

नेकपाका स्थायी समिति सदस्य समेत रहेका मन्त्री पुनले वर्तमान सरकारको प्राथमिकता सुशासन र विकास भएको दावी गर्नुभयो । उहाले त्यसलाई पुरा गर्न सरकार दृढतापुर्वक अघि बढेको भन्दै सहयोग गर्न सवैलाई आग्रह गर्नुभयो ।

‘सुशासन र विकास सरकारको प्राथमिकतामा छ । त्यसमा त्यसमा कुनै वहाना र सम्झौता हुंदैन । सम्मानिय प्रधानमन्त्रीज्युले पनि वारम्वार यो विषयलाई भन्नुभएको छ । सुशासन र विकास हाम्रो प्राथमकितामा छ ।’

मन्त्री पुनले प्रशासनिक पुर्नसंरचनामा समय लाग्दा परिणाम नदेखिएको भन्दै अव सरकारले परिणाम दिने गरी काम गर्ने बताउनुभयो । उहाले संघिय सरकारले शुक्रवार मात्रै २५ वर्षे दिर्घकालिन योजना अघि सारेकोभन्दैमन्त्री पुनले दिघो विकासको लागी सरकारले दृढ संकल्प गरेको बताउनुभयो ।

उहाले ठुला आयोजना संघले,मझौला प्रदेशले र साना आयोजना स्थानीय तहले गर्ने व्यवस्था मन्त्रालयले गरेको जानकारी समेत दिनुभयो ।

मन्त्री पुनले तराईका केही जिल्लामा चोरी र हुकिङको समस्या भएको भन्दै त्यसलाई रोक्न जनप्रतिनिधहरुसंग आग्रह गर्नुभयो । उहालेभन्नुभयो ‘चोरी र हुकि¨मा साथ दिनुहोस हामी वितरणमा सुधार गर्छौ ।’

मन्त्री पुनले तीन वर्षमा देशभरी विद्युतीकरण गर्ने दावी गर्नुभयो । दुई वर्षभित्र दुई नम्बर प्रदेशभरी विद्युतीकरण गर्ने योजना मन्त्रालयको भएको भन्दै त्यसमा स्थानीय र प्रदेश सरकारलाई सहयोग गर्न उहाले आग्रह गनुर्भयो । मन्त्री पुनलेठुला आयोजना बनाइसकेपछि प्रदेशमा हस्तान्तरण गर्ने सरकारको तयारी रहेको बताउनुभयो ।

चुरेको संरक्षणमा जोड दिनुहुंदै मन्त्री पुनले तटवन्ध निर्माण गर्दा जनताको सहभागिता हुनुपर्ने र गुणस्तर र पारदर्शीतामा ध्यान पुर्याउन पनि उहाले आग्रह गर्नुभयो ।

उर्जा मन्त्रालयले ३ हजार ५ मेगावाट जलविद्युत अजनताको लगानीमा संचालन गर्ने तयारी गरेको भन्दै उहाले तराईमा २ सय मेगावाट सोलार परियोजना बनाउने घोषणा समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group