ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्धका विचार विश्वभरि नै लोकप्रिय छन्– राष्ट्रपति भण्डारी


admin
२२ मंसिर २०७५, शनिबार   ५ : १७   बजे

बुटवल, २२ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानव जीवनमा शान्तिको बाटो देखाएकाले उहाँका विचार विश्वभरि नै लोकप्रिय हुन सकेको बताउनुभएको छ ।

राष्ट्रपति भण्डारीले गौतम बुद्धले मानव कल्याण र शान्तिका लागि दिनुभएको योगदानकै कारण उहाँप्रति सम्पूर्ण नेपालीले गर्व गर्ने भएकाले उहाँको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्न सकेमा शान्ति र कल्याण प्राप्त हुने धारणा राख्नुभयो ।

राष्ट्रपति भण्डारीले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वविद्यालयको १४ औँ वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्नुहुँदै गौतम बुद्धका उपदेशलाई विश्व शान्तिका लागि मार्गदर्शक सन्देशका रूपमा स्वीकार एवं अनुशरण गरी शान्ति, बन्धुत्व, मैत्री तथा सद्भाव प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले बौद्ध शिक्षामा गुणस्तर कायम गरी बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको अध्ययन अध्यापन र अनुसन्धानलाई अभिवृद्धि गर्दै राष्ट्रको शैक्षिक तथा प्राज्ञिक वातावरणलाई अझ बढी स्वस्थ, स्वच्छ, मर्यादित र उपलब्धिमूलक बनाउने राज्यको नीति रहेको बताउनुभयो ।

उहाँले लुम्बिनी बौद्ध विश्वविद्यालय राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा उच्चस्तरीय बौद्ध दर्शन, साहित्य, शिक्षा र संस्कृतिको बौद्धिक केन्द्र र प्राज्ञिक संस्कृतिमा आधारित उच्चस्तरको शिक्षण तथा रचनात्मक प्राज्ञिक संस्थाको रुपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति भण्डारीले बौद्ध दर्शनमा शिक्षा प्रदान गर्न, प्राकृतिक स्रोत र साधनको उपयोग गरी सामाजिक, सांस्कृतिक समृद्धि हासिल गर्न, मूल्यवान पुरातात्विक र ऐतिहासिक स्थलको शोध–अनुसन्धान गरी तिनलाई विश्वमा चिनाउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले बुद्ध जन्मस्थल लुम्बिनीलाई सुन्दर पर्यटकीय स्थलका रुपमा विकास गर्ने, ओझेलमा परेका भाषा र संस्कृतिको उत्खनन गरी राष्ट्रको मौलिकतालाई अघि ल्याएर गौरवशाली राष्ट्रिय पहिचान कायम गर्न आवश्यक रहेको बताउनुभयो ।

परम्परागत मान्यताबाट समाजलाई मुक्त गरी गतिशील मूल्य र मान्यताको स्थापना गर्न, लोकतान्त्रिक मूल्य र राष्ट्रियताप्रति सजग रही विश्व शान्तिको सम्बद्र्धन गर्दै सिङ्गो राष्ट्रको सर्वाङ्गीण विकासमा योगदान दिनसक्ने प्रतिस्पर्धायुक्त सबल र दक्ष उच्च जनशक्तिको उत्पादन गर्नुपर्ने आवश्यकतामा राष्ट्रपति भण्डारीले जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले मुलुकमा पटक पटकका आन्दोलन र सङ्घर्षको परिणामबाट आजको अवस्थासम्म आई मुलुकको समग्र विकास र समृद्धिका ढोका खुलेको भए पनि हाम्रा कार्यभार भने अझै पूरा भई नसकेकाले संविधानसभाद्वारा जनताको चाहना अनुरूप बनेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको कार्यान्वयनमा अझै चुनौती रहेको बताउनुभयो ।

उहाँले आर्थिक सामाजिक रूपान्तरणद्वारा स्वाधीन, समुन्नत राष्ट्रको निर्माण गर्ने जनताको चाहना पूरा गर्न र संविधान कार्यान्वयनको बाँकी कार्यभार सम्पन्न गर्न देशभित्रका जिम्मेवार राजनीतिक दल र आम समुदायको एकता अझै आवश्यक रहेको बताउनु हुँदै यसका निम्ति सहकार्यको बाटो अवलम्बन गरी राजनीतिक स्थिरता कायम गर्नु आजको आवश्यकता हो भन्नुभयो ।

यसअघि राष्ट्रपति भण्डारीले लुम्बिनीस्थित मायादेवी मन्दिरमा पूजा तथा प्रार्थना गर्नुभएको थियो । समारोहमा राष्ट्रपति भण्डारीले लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्रा नरेशमान बज्राचार्य र प्रा त्रिरत्न मानन्धर, पूर्व रजिष्टार डा पीताम्बरलाल यादव र तीन विद्धानलाई विशेष सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले बौद्ध विश्वविद्यालयले बौद्ध धर्मको प्रचारप्रसारमा योगदान पु¥याउने र विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरको प्राज्ञिक थलो बनाउन राज्यका केन्द्रीय, प्रदेश र स्थानीय सरकारले योगदान पु¥याउनु पर्नेमा जोड दिनुभयो ।

उहाँले लुम्बिनी देवदह तिलौराकोट र रामग्रामलगायत बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको खोज र अनुसन्धानमा बौद्ध विश्वविद्यालयको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले लुम्बिनीलाई शान्ति र ज्ञानप्रेमीको आस्थाको केन्द्रको रुपमा विकास गर्न सरकार प्राथमिकताका साथ अघि बढेको बताउनुभयो ।

उहाँले लुम्बिनी गुरुयोजना अगामी तीन वर्षभित्र सम्पन्न गर्न सरकारले ‘ग्लोबल टेण्डर’को माध्यमबाट अघि बढाउन थालेको जानकारी गराउनुभयो ।

कार्यक्रममा विश्वविद्यालयका निमित्त उपकुलपति तथा रजिष्टार तिलकराम आचार्यले विश्वविद्यालयको सम्पूर्ण अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group