ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

किसानको ऋणमुक्तिबारे सोच्दैछौँ : मन्त्री बाँस्कोटा


admin
२२ मंसिर २०७५, शनिबार   ७ : २७   बजे

काभे्रपलाञ्चोक, २२ मङ्सिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले साना किसानको ऋणमुक्तिका लागि सरकार सोचिरहेको बताउनुभएको छ ।

मण्डन देउपुर नगरपालिका–१० स्थित चण्डेनी मण्डन कृषि सहकारी संस्थाको दोस्रो वार्षिक साधारणसभामा उहाँले भन्नुभयो, “साना किसान वर्षौंदेखि ऋणको थिलथिलोमा हुनुहुन्छ, उहाँहरुको ऋणमुक्तिबारे हामी सोचिराखेका छौँ ।”

मन्त्री बाँस्कोटाले केही दिनपछि साना किसानलाई ऋणमुक्त बनाउनेबारे सरकारले छलफल गरी निष्कर्षमा पुग्ने बताउँदै “प्रदेश नं २ मा गुठीदेखि अन्य दोहोरो स्वामित्वको जमीनमा देखिएको समस्या समाधान गर्नेगरी सरकार लाग्नेछ”, भन्नुभयो ।

सरकारले उखु किसनाका लागि प्रतिमेट्रिकटन रु पाँच अनुदान दिने योजना बनाएको उल्लेख गर्दै उहाँले विदेशबाट फर्किएका युवाका लागि स्वदेशमै उत्पादकत्व बढाउने उद्देश्यले प्रमाणपत्र धितो राखेर न्यूनतम् ब्याजमा ऋण उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “नेपाली श्रम नेपालमै खर्चेर उत्पादकत्व बढाउने यो योजना युवामैत्री बन्दैछ र बन्नेछ ।”

मुलुकका ७५३ वटा स्थानीय तहमा स्वरोजगार केन्द्र खोलिने बताउँदै उहाँले प्रत्येक श्रमजीवी नागरिकलाई वर्षमा १२० दिनसम्म काम गराउने कार्ययोजना सरकारले बनाउँदै गरेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “नवदेश निर्माण, समृद्ध नेपाल र सुखी नेपाली बनाउने अभियानको यो एउटा हिस्सा हो ।”

“मितव्ययी बन्न आफू साइकल चढ्नसमेत तयार रहेको बताउँदै उहाँले “सामान्य कर्मचारी गाडी चढ्छन्, राष्ट्रप्रमुखलाई सुरक्षित गाडी किन्ने विषयमा किन स्याँल हुइ्याँ !” भन्नुभयो ।

मन्त्री बाँस्कोटाले ‘लुटको स्वर्ग’ भत्किएपछि समाजवाद विरोधी प्रतिक्रियावादीले स्याल हुइ्याँ मच्चाएको बताउँदै चुनावमा जनतासमझ गरिएको वाचाअनुसार सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “डिजिटल नेपालअन्तर्गत आउँदो वैशाखदेखि मुलुकका एक हजार विद्यालयमा कम्प्युटर ल्याब व्यवस्थित गर्दैछौँ ।”

संस्थाका अध्यक्ष सुमन नेपालले संस्थाको ६४ वटा समूहमा ४८५ जना साना किसान आबद्ध रहेको जानकारी दिनुभयो । संस्थाले तरकारी, फलफूल नर्सरी व्यवस्थापन, विकासे घाँस बीउ वितरण, पशु बीमा, सीपमूलक तालीम तथा मल बीउ सहजरुपमा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group