ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय सुनुवाई विशेष समितिमा निलाम्बर आचार्य


admin
२३ मंसिर २०७५, आइतबार   ५ : ३३   बजे

काठमाडौं,२३ मङसिर । भारतका लागि प्रस्तावित राजदुत निलाम्बर आचार्यले भारतसँगको सम्बन्धलाई आत्मीय बनाउन आफूले राजदुत हुन चाहेको स्पष्ट पार्नु भएको छ ।

आचार्यले नेपालको समृद्धिका लागि भारत अभिन्न अंग भएको उल्लेख गर्दै त्यसका लागि आफूले आत्मीय सम्बन्ध कायम राख्न कूटनीतिक पहल गर्ने कामलाई उच्च प्राथमिकता दिने पनि स्पष्ट पार्नु भयो ।

आईतबार संसदीय सुनुवाई विशेष समितिमा आफ्नो योग्यता, क्षमता र भावी योजनाबारे जानकारी दिँदै उहाँले अरु देशसँग सम्बन्ध विस्तार गर्दा भारतको कटौति हुने बुझाईलाई पनि आफूले अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो । उहाँले भारतसँगको सीमा समस्या समाधानमा पनि आफूले उत्तिकै ख्याल राख्ने स्पष्ट पार्नु भयो ।

भारतका लागि प्रस्तावित राजदुत आचार्यले भारतसँग नेपालको सीमा खुला भएपनि मन खुला नभएको पनि टिप्पणी गर्नु भयो । उहाँले मित्र राष्ट्रको हैसियतमा नेपालले भारतसँग विश्वास निर्माणका लागि खुला मनका साथ काम गर्ने वातावरण बनाउने विषयलाई आफूले प्राथमिकता दिने योजना सुनाउनु भयो । आचार्यले विगतमा भारतसँग भएको समझदारी कार्यान्वयनमा पनि आफूले जोड दिने स्पष्ट पार्नु भयो ।

राजदुत आचार्यले भारतसँगको सम्बन्धलाई अझै आत्मिय बनाउन आफूले नेपालका राजनीतिक नेतृत्वसँग आवश्यक परामर्श गरिरहने प्रतिवद्धता पनि संसदीय समितिमा पटक–पटक दोहो¥याउनु भयो ।

बैठकमा समितिका सदस्यहरुले चीन र भारतसँगको सम्बन्धलाई सन्तुलित बनाउन भारतका लागि राजदुतमा प्रस्तावित आचार्यलाई सचेत गराएका थिए । समितिका सदस्य योगेशकुमार भट्टराईले भारत र चीनबीचको सम्बन्धलाई सन्तुलित बनाउन पहल गर्न आचार्यलाई सचेत गराउनु भयो ।

समितिका अर्का सदस्य पार्वत गुरुङले नेपाली जनताको भारतबिरोधि मनस्थिति अन्त्य गर्न आचार्यको गम्भिर ध्यानाकर्षण गराउनु भएको थियो ।

संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुले भारतले नेपालमा हेपाहा प्रवृत्ति देखाउने गरेको भन्दै त्यसलाई रोक्न आवश्यक कूटनीतिक पहल गर्न आचार्य सफल हुने विश्वास पनि व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group