काठमाडौं, २५ मंसिर । नेपाल इन्जिनियर्स एशोसिएसनको ३२ औ केन्द्रीय कार्यकारिणी र देश संघीयतामा प्रवेश गरेसंगसंगै सात वटै प्रदेशहरुकोप्रथम कार्यकारिणी समितिको निर्वाचन आगामी मंसिर २८ गते हुंदैछ ।
यतिखेर इन्जिनियरिङ्ग क्षेत्रमा ब्यापक सुधार , समृद्घ नेपाल बनाउने अठोटका साथ दुईवटा मुख्य दुई राजनीतिक दलसंग सम्बद्घ प्रजातान्त्रिक र प्रगतिशील समूहका उम्मेदवारहरु चुनावी मैदानमा रहेका छन् ।
इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै पेशागत क्षमता अभिवृद्घि, रोजगार प्रवद्र्घन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा, आम इन्जिनियरहरुको हक, हीतको संरक्षण, नीतिगत सुधार, सहकार्य एवं समन्वय र सम्मान तथा उत्प्रेरणा दिने प्रतिवद्घता सहित प्रगतिशील समूह चुनावी मैदानमा उत्रिएको हो ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा. त्रिरत्न बज्राचार्यको नेतृत्वमा ऐतिहासिक महत्व बोकेको यस निर्वाचनमा केन्द्रमा १८ जना र प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समितिका लागि सदस्य समेत समावेश गरि) रहने प्राब्धान रहेको छ
यसै गरि प्रदेश ३ का नन्दलाल बन्जाडेको नेतृत्वमा प्रदेश सचिवमा नेशनल कलेजल अफ इन्जिनियरिङ्गमा विभागिय प्रमुखमा कार्यरत तथा कार्यवहाक प्रिन्सपल तथा विभिन्न टेलिभिजनहरुमा व्रोकाष्ट इन्जीनियर भई कार्य गनुभएका प्रदिप अधिकारीले सचिव पदमा आफ्नो उम्मेदवारी दिनुभएको छ । उहाँले आफ्नो प्यानलको एजेण्डा सहि र समय सान्दर्भिक रहेको हुदा सम्पुर्ण इन्जीनियरहरुले आफ्नो प्यानलमा भोट गर्ने बताउनुभयो ।
प्रगतिशील समूहले आम इन्जिनियरहरुको हक, हीतको संरक्षणका लागि नेईएलाई इन्जिनियरहरुको पेशागत हक हीत को सशक्त संरक्षक संस्थाको रुपमा विकास गरिने, इन्जिनियरको हीतमा श्रम ऐनको सफल कार्यान्वयन गरिने, सरकारी र नीजि क्षेत्रहरुमा कार्यरत इन्जिनियरहरुको न्यूनतम सुबिधा हनन् हुननदिने र वृत्ति विकासका अवसर प्रदान गरिने सम्बन्धि विद्यमान नीति नियमको कार्यान्वयनमा कडाईका साथ अनुगमन गरिने ।
नेइए सदस्यहरुको अनिवार्य सामुहिक बीमा योजनाको प्रतिवद्घता व्यक्त गर्नु इन्जिनियरीङ्ग क्षेत्रकै नमूनाको रुपमा लिन सकिन्छ त्यसैगरी पेशागत क्षमता अभिवृद्घि अन्तर्गत इन्जिनियरिङ्ग स्टाफ कलेज स्थापना गरिने महत्वाकांक्षी योजना अघि सार्नुका साथै डिभाइन अटोमेसनको प्रविधिलाई प्रोत्साहन गर्ने, विज्ञ इन्जिनियरहरुलाई विकास निर्माणमा नेतृत्वदायी भूमिकाका लागि हस्तक्षेपकारी पहल गरिने, विज्ञान, प्रविधि र अनुभव हस्तान्तरणमा बिशेष जोड दिने बताएको छ ।
प्रगतिशल समूहले आफ्नो प्रतिवद्घतापत्रमा इन्जिनियरहरुका लागि रोजगार प्रवद्र्घन, गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षाका अलावा इन्जिनियरिङ्ग क्षेत्रमा देखिएका विकृति, विसंगति हटाउंदै नीतिगत सुधार गर्ने प्रतिवद्घता जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्