लमही, २५ मङ्सिर । दाङको गढवा गाउँपालिका–५ धर्मपुरमा कुलोमा डुबेर मृत्यु भएका वृद्धका आफन्त अझै सम्पर्कमा आएका छैनन् ।
चार दिनअघि कुलोमा डुबेर मृत्यु भएका रोल्पाको साविक झेनाम गाविस– ९ रातामाटाका करीब ६० वर्षीय मानबहादुर पुन मगरको शव फेला परेको थियो ।
उक्त शव अहिले लमही अस्पतालको शव गृहमा राखिएको छ । अहिले आफन्तलाई खबर गर्ने कार्य भइरहेको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख पञ्चलाल गोलेले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्