ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जथाभावी हर्न बजाउने दुईसय चालक परे कारवाहीमा


admin
२५ मंसिर २०७५, मंगलबार   ३ : ३९   बजे

दाङ, २५ मङ्सि ।  तुलसीपुर उमहानगरपालिकाको हर्न निषेधित क्षेत्रमा हर्न बजाउने दुईसय बढी चालकहरू कारवाहीमा परेका छन् । गत साता उपमहानगरपालिका–५ तुलसीपुर बजारलाई हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक चन्द्र बहादुर केसीले पालना नगर्ने २०४ चालकलाई कारवाही गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी मोटरसाइकलका चालकका साथै बस, जीप, कार, ट्र्याक्टर, ट्रक, अटोरिक्साका चालकलाई कारवाही गरिएको छ ।

ती सबै चालकलाई प्रहरीले सडकमा नै कारवाही गरेको हो । ती मध्ये एक सय चालकलाई स्थलमा नै कारवाही गर्दा जरिवानाबाट रु ५२ हजार राजश्व सङ्कलन भएको छ ।

एकसय ४ जना चालकले आफुसँग पैसा नभएको भन्दै जरिवाना तिर्न आल आलटाल गर्ने बाँकी १०४ चालकको सवारी चालक अनुमतिपत्र तथा सवारी दर्ता प्रमाणपत्र नियन्त्रणमा लिइएको टा«फिक प्रहरी प्रमुख केसीले जानकारी दिनुभयो ।

गत मङ्सिर १६ गतेदेखि तुलसीपुर बजारलाई उपमहानगरपालिका र प्रदेश नम्बर ५ को प्रहरी कार्यालयले बृहत जनचेतनामूलक कार्यक्रम गरी हर्न निषेध क्षेत्र घोषणा गरिएको थियो ।

हर्न निषेध घोषणा लगत्तै कार्यान्वयनका लागि ट्राफिक प्रहरीले तुलसीपुरमा आफनो काम कारवाहीलाई तीव्र पारेको छ । ट्राफिक प्रहरीले अहिले बजारका मुख्य चोकमा जेब्रा क्रसिङबाट सर्वसाधारण पैदल यात्रुहरूलाई सडकमा हिँड्दा अपनाउनुपर्ने सुरक्षा, सडकबाट हिँड्ने तरीका सिकाउँदै आएको छ ।

त्यस्तै हर्न निषेध अभियानलाई प्रभावकारी बनाउन तुलसीपुरको चार स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । उपमहानगरपालिकाको आर्थिक सहयोगमा बजारको वीरेन्द्र चोकको नेपालगञ्ज रोड, सल्यान रोड, सुर्खेत रोड र घोराही रोडमा जेब्रा क्रसिङ निर्माण गरिएको हो ।

ट्राफिक व्यवस्थापनमा सहजता ल्याउन तथा हर्न निषेध अभियानलाई सफल बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको हो । जेब्रा क्रसिङ निर्माण भएपछि पैदल यात्रुहरूलाई पनि सडक पार गर्न सजह भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group