ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँच स्थानीय तह र प्राधिकरणबीच समझदारी


admin
२५ मंसिर २०७५, मंगलबार   ३ : ५४   बजे

ललितपुर, २५ मङ्सिर ।  जिल्लाका पाँच वटा स्थानीय तह र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबीच पुनःनिर्माणमा रहेका समस्या हटाएर बाँकी रहेका घर चाँडो निर्माण सक्ने गरी समझदारी भएको छ ।

जिल्ला पुनःनिर्माण समन्वय समिति ललितपुरको बैठकपछि ललितपुरका दुई नगरपालिका र तीन गाउँपालिकासँग प्राधिकरणले सम्झौता गरेको हो ।

नगरपालिकाका प्रमुख र गाउँपालिका अध्यक्षहरु तथा प्राधिकरणको केन्द्रीय योजना कार्यन्वयन एकाइअन्तर्गतको जिल्ला परियोजना कार्यान्वयन एकाइ प्रमुख वीरबहादुर रावलले समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।

ललितपुर महानगरपालिकाले एक साताभित्र हस्ताक्षर गर्ने बताएको छ । प्राधिकरणले पुनःनिर्माणलाई गति प्रदान गर्न प्रभावित जिल्लाका स्थानीय तहसँग छलफल गरिरहेको छ । स्थानीय तहसँगै त्यस क्षेत्रका प्रतिनिधिसभा र प्रदेशसभा सांसदसँग छलफल गरेर प्राधिकरणले पुनःनिर्माणमा भइरहेको ढिलाइका कारण बुझेर समाधान निकालिरहेको हो ।

ललितपुरका वागमती, कोञ्जेसोम र महाङ्काल गरेर तीन गाउँपालिकामा पुनःनिर्माणले केही गति लिन थाले पनि नगरपालिका र महानगरपालिकामा सुस्त छ ।

जिल्लाभरमा गुनासोपछि थप भएका समेत गर्दा जम्मा लाभग्राही सङ्ख्या २८ हजार ३८२ छ । पहिलो किस्ता लिने लाभग्राही सङ्ख्या २४ हजार ४११ छ । दोस्रो किस्ता लिनेको सङ्ख्या नौ हजार ३३४ र तेस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या छ हजार १३० रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu