ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस केन्द्रिय समितिमा राजनीतिक प्रतिवेदन पेश गरियो


admin
२५ मंसिर २०७५, मंगलबार   ५ : २६   बजे

काठमाडौं,२५ मङसिर । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रिय कार्य समितिको मंगलबारको बेठकमा पेश गरिएको हो ।

पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले देशभरका नेता, कार्यकर्ताको सुझाव लिएर तयार पारेको राजनीतिक प्रतिवेदन बैठकमा पेश गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

केन्द्रिय कार्य समितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा संविधानको सफल कार्यान्वयनका लागि इमान्दार बन्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी राष्ट्रको समृद्धि र स्वाभिमानका लागि परिपक्व, जिम्मेवार र गम्भिर भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरद्वन्द्वका कारण पनि सरकारले अपेक्षा अनुसार गति लिन नसकेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको प्रवक्ता शर्माले बताउनु भयो ।

काँग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमा राम्रो काम गरे समर्थन र नराम्रो काम गरे सरकारको विरोध गर्ने नीति लिने पनि उल्लेख गरिएको छ ।

प्रवक्ता शर्माले राजनीतिक प्रतिवेदनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेकोमा स्वागत र सम्मान गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि रोजगार दाता र श्रमिकसँग व्यापक सहकार्य गर्न पनि सरकारलाई सुझाएको छ ।

काग्रेसले संविधान संशोधन गर्न पनि सरकारलाई दवाव दिएको छ । तराई मधेशमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पनि सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने काँग्रेसको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

आगामी शनिबारदेखि काठमाडौंमा आयोजना हुने महासमिति बैठकमा पेश गर्न काँग्रेसले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो । राजनीतिक प्रतिवेदनमाथिको छलफल भोली टुंग्याउने तयारी गरिएको छ ।

प्रवक्ता शर्माले अव बैठकमा सांगठनिक प्रतिवेदन पेश हुने जानकारी पनि दिनु भयो । मंसीर १३ गतेबाट जारी काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल पनि भईसकेको छ । प्रवक्ता शर्माले महासमिति बैठकको तयारीको व्यवस्थापकीय कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group