गौशाला, २६ मङ्सिर। महोत्तरीको औरही नगरपालिका–२ फुलबरियाका बेचु चौधरीको गएराति हत्या भएको छ । चौधरीको शव घर नजिकैको उखुबारीमा फेला परेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो ।
घाँटीमा निलडाम र शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा चौधरीको शव फेला परेकाले उनको हत्या गरिएको हुनसक्ने कार्कीले बताउनुभयो । घटनाबारे अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्