चितवन,२७ मङसिर । भरतपुर महानगरपालिकाको मुख्य राजमार्ग क्षेत्रमा तीन पांग्रे सवारी साधन निषेध हुने भएको छ । उच्च अदालत पाटन हेटौंडाले भरतपुर महानगरपालिकाले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्नका लागि महानगरको मुख्यराजमार्गमा चल्न रोक लगाउने निर्णयलाई सदर गरेको हो ।
स्थानिय सरकार संचालनको ऐन २०७४ बमोजिम स्थानिय तहलाई रुट निर्धारण गर्ने अधिकार छ । यसै ऐन बमोजिम उच्च अदालत पाटन हेटौंडाका न्यायधिसद्वय कृष्ण गिरी र एकराज नेपालले तीन पांग्रे सवारी साधन व्यवस्थापन गर्न लागेको विरुद्ध ‘ई’ रिक्सा तथा अटो व्यवसायीले दिएको रिटलाई खारेज गर्दै महानगरको निर्णयलाई सदर गरेको हो ।
रिट खारेज भएसँगै महानगरलाई तीनपांग्रे सवारीसाधन व्यवस्थापनको बाटो खुलेको छ । हेटौँडा इजलाशका न्यायाधीशद्वय कृष्ण गिरी र टेकराज नेपालको संयुक्त इजलाशले रिट खारेज गरिदिएको भरतपुर महानगरका कानुनी सल्लहकार गोपिलाल देवकोटाले जानकारी दिए ।
यसअघि गत साउन ७ गते हेटौंडा इजलाशले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म विपक्षी भरतपुर महानगरपालिकाभित्र पर्ने राजमार्गको वैकल्पिक सडक भएका स्थानबाहेक सो राजमार्गको वैकल्पिक सडक नभएका स्थानसम्ममा मात्र प्रवेश गर्न निवेदनमा उल्लेखित प्रकृतिका तोकिएको मापदण्ड पूरा गरेका सवारी साधनलाई रोक नलगाउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ ९१० बमोजिम अन्तरिम आदेश जारी गरेको थियो महानगरको विकास र समृघिका लागि आफु सधै कटिबद्ध भएर लागेको बताउदै मेयर रेनु दाहालले दुरदिृष्टि हरेर आफुहरु मुख्य राजमार्गमा तीन पाग्रेका कारण बढी सवारी दुर्घटनासगैँ कुरुप हुनबाट जोगाउन गरेको निर्णय महानगरकै हितमा रहेको बताए ।
चितवनको भरतपुर महानगरपालिकाले पूर्व–पश्चिम राजमार्ग, बाइपास रोड र नागरायणगढ–मुग्लिन सडकमा तीन पांग्रे गाडी चलाउन प्रतिबन्ध लगाएपछि व्यावसायीहरु आन्दोलित भएका थिए ।
महानगरले साउन ५ गतेदेखि ती सडकमा तीनपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने सूचना जारी गरेको थियो । ‘इ’ रिक्सा तथा अटो व्यवसायीले उच्च अदालत पाटनको हेटौंडा इजलाशमा रिट दायर गरेपछि महानगरले अदालतको फैसला कुरेको थियो ।
प्रतिक्रिया दिनुहोस्