ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान कार्यान्वयनमा जिम्मेवार बन्न काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको सुझाव


admin
२७ मंसिर २०७५, बिहिबार   २ : ३९   बजे

काठमाडौं,२७ मङसिर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान लागू गराउन जिम्मेवार बन्न नेपाली काँग्रेसलाई सुझाव दिनु भएको छ ।

पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसकै नेतृत्वमा जारी भएको संविधान कार्यान्वयन गराउने दायित्व काँग्रेसकै भएको पनि स्पष्ट पार्नु भयो । उहाँले आफूले जारी गरेको नयाँ संविधान निकै अग्रगामी भएको उल्लेख गर्दै त्यसलाई सफलतापूर्वक लागू गरे मुलुक सफल राष्ट्र बन्ने विश्वास पनि व्यक्त गर्नु भयो ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस नेतृत्वलाई गुटउपगुट अन्त्य गर्दै एकतावद्ध भएर अघि बढन् पनि सचेत गराउनु भयो ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलद्धारा लिखित ‘नेपाली काँग्रेस र समाजवाद पुनर्निर्माणको मार्ग चित्र’ नामक पुस्तकको बिहिबार काठमाडौंमा विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले नेपाली काँग्रेसको नेतृत्वले आफ्नै कार्यकर्तालाई दुस्मनजस्तै व्यवहार गर्ने गरेको भन्दै चिन्ता पनि व्यक्त गर्नु भयो ।

उहाँले सो पुस्तक विमोचन कार्यक्रम तराई, मधेशमा नगरेर काँग्रेसले त्यहाँको कार्यकतालाई पनि बिर्सदै गएको स्मरण गराउनु भयो ।

पूर्व राष्ट्रपति यादवले काँग्रेस जनतामा नगएको उल्लेख गर्दै आफूलाई असाध्य चिन्ता लाग्ने गरेको पनि दोहो¥याउनु भयो । उहाँले काँग्रेस महासमिति बैठक तराई मधेशमा नगरेर किन काठमाडौंमा आयोजना गरिएको भनि काँग्रेस नेतृत्वलाई प्रश्न पनि गर्नु भयो ।

पूर्व राष्ट्रपति यादवले वरिष्ठ नेता पौडेलको पुस्तक उपयोगी रहेको भन्दै त्यसलाई पढेर पार्टीलाई सशक्त बनाउन पनि काँग्रेस नेतृत्वको ध्यानाकर्षण गराउनु भयो ।

कार्यक्रममा बोल्दै पुस्तकका लेखक काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी भित्र पुनर्निर्माण अभियान सुरु गर्न आफूले पुस्तक लेख्नु परेको बताउनु भयो ।

उहाँले पुस्तकमा कम्युनिष्टहरुले भन्ने गरेको समाजवाद र आफूहरुले भन्ने गरेको समाजवादबीचको फरकबारे पनि उल्लेख गरिएको जानकारी दिनु भयो ।

वरिष्ठ नेता पौडेलको सो पुस्तकमा काँग्रेसले अघि सार्दै आएको समाजवादी व्यवस्था स्थापना गर्ने लक्ष्य नयाँ संविधानमा उल्लेख गरिएको दावी पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group