ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नागरिकता पाउँदा अपाङ्गता भएकी नेत्रकुमारी दङ्ग


admin
२८ मंसिर २०७५, शुक्रबार   १ : ३८   बजे

पर्वत, २८ मङ्सिर । परिवारका सदस्यको अपहेलनाका कारण नागरिकतासमेत पाउन नसकेकी अपाङ्गता भएकी नेत्रकुमारी कुँवरले नागरिकता प्रमाणपत्र पाउँदा बिहीबार निक्कै दङ्ग देखिनुभयो ।

आफूले जन्म दिएकी छोरीलेसमेत नचिन्दा नागरिकताबाट बञ्चित भएकी नेत्रकुमारीलाई प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले नागरिकता दिलाएपछि उहाँ निक्कै खुशी हुनु भएको हो ।

पर्वतको फलेवास नगरपालिका–४ मुडिकुवाकी ५६ वर्षीया वाक अपाङ्गता भएकी नेत्रकुमारीलाई परिवारका सदस्यको सनाखत गराएर जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाएको हो । नागरिकता पाउँदा निक्कै खुशी भएकी नेत्रकुमारीले अस्पष्ट आवाज र हातको इशारामा सबैलाई धन्यवाद दिनुभयो ।

विवाह भएको २९ वर्षसम्म परिवारका सदस्यले नागरिकता र अंशसमेत नदिएका कारण अपहेलना सहँदै आएकी नेत्रकुमारीको अवस्था थाहा पाएपछि प्रजिअ ढकालले जनप्रतिनिधि र परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिलाउनुभयो ।

“एउटा विधवा महिलाले अहिलेसम्म परिवारको अपहेलनामा नागरिकता नपाएको देखेपछि परिवारका सदस्यलाई झिकाएरै नागरिकता दिएको हुँ”, प्रजिअ ढकालले भन्नुभयो, “आफैँले जन्मदिएकी छोरीले ‘चिन्दिन’ भन्ने अवस्था देखेपछि मैले नागरिकता दिलाउने अठोट लिएको हुँ ।”

विसं २०१९ मा साविकको थापाठाना गाविस हाल पर्वतको फलेवास नगरपालिका वडा नं २ थापाठानामा जन्मिएकी नेत्रकुमारी कुँवर विसं २०४६ मा फलेवास नगरपालिकाकै साविकको मुडिकुवा गाविस हाल फलेवास–४ का छविलाल कुँवरसँग दोस्रो श्रीमतीका रुपमा विवाह गर्नुभएको थियो ।

विवाहपछि विसं २०५३ मा उनकै कोखबाट सुस्मिताको जन्म भएको थियो । उहाँका घर परिवारले सुस्मिताको जन्म भएपछि २० दिन नपुग्दै कुटपिट र गालीगलौज गरेर घर निकाला गरेका थिए ।

घर निकाला गरेपछि उनी माइतीघरमा बस्दै आएको र जन्म दिएकी छोरीलाई लिन जाँदा घरपरिवारलेसमेत बच्चालाई लुकाएका थिए । जन्मेपछि आमालाई चिन्नै नपाएकी सुस्मिताले नागरिकता दिलाउने क्रममा चिन्दिन भन्नुभएको थियो ।

छविलालकी जेठी श्रीमतीले नै सुस्मिताको पालनपोषण गर्दै आएकी सुस्मिता र नेत्रकुमारीकी सौताले नै बिहीबार सनाखत गरिदिएका छन् ।

फलेबास नगरपालिकाका प्रमुख पद्मपाणि शर्मालेसमेत नागरिकता दिनका लागि सनाखत दिएपछि २९ वर्षपछि नेत्रकुमारीले अधिकार पाएकी छन् ।

प्रजिअ ढकालकै उपस्थितिमा नेत्रकुमारीलाई अंश दिने, उनका श्रीमान् छविलालका मृत्युका क्रममा भएको खर्च बेर्होनेलगायतका कुरामा समेत परिवारका सदस्यकाबीचमा सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group